२० बैशाख २०८१, बिहिबार
2024-05-02

राप्रपाले आन्दोलनलाई जीवन मरणको रुपमा लिने ! विराटनगरमा शक्ति प्रदर्शन गर्ने

कोशी प्रदेश सम्वाददाता

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनबाटै अवस्था र व्यवश्था बद्लनको चैत्र २७ गते देखि काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

चैत्र २७ गतेको काठमाडौंमा हुने आन्दोलनलाई शसक्त पार्न राप्रपा मोरङले चैत्र १९ गते विराटनगरमा शक्ति प्रदर्शन गर्ने भएको हो । चैत्र १९ गते मोटर साइकल र्‍याली निकाल्ने र महेन्द्र चोकमा विशाल आम सभा गर्ने भएको छ सो कुराको जानकारी राप्रपा मोरङ अध्यक्ष गोपाल कटुवालले गराउनु भएको छ।

काठमाडौं केन्द्रित हुने आन्दोलनमा मोरङ बाट ५०० भन्दा बढीको सहभागिता हुने आन्दोलनलाई राप्रपाले जीवन मरणको रुपमा लिने भएको छ । केन्द्रीय निर्देशन अनुसार राप्रपा मोरङले ६ वटा राप्रपा मोरङको क्षेत्रीय समितिले कोण सभा गर्ने प्रचार प्रसार गर्ने गरि समितिलाई जानकारी समेत गराएको कुरा कटुवालले बताउनुभयो ।

काठमाडौंमा हुने आन्दोलनमा सहभागी हुने पार्टीका कार्यकर्ताको नमावली संकलन गर्ने काम भई रहेको छ । चैत्र २७ गतेको आन्दोलनलाई सफल पार्न कार्यकर्ता विच घनी भुत रुपमा छलफल भईरहेको छ ।

प्रकाशित मिति: २०२४-०३-२९ , समय : २०:२६:३१ , १ महिना अगाडि

error: Content is protected !!