२० बैशाख २०८१, बिहिबार
2024-05-02

केन्द्राध्यक्ष पदबाट निलम्बन ! ७ जना परीक्षार्थीको परीक्षा रद्द

Aarya News

सर्लाही । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१० सानोठिमी, भक्तपुरको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (नियमित, ग्रेडवृद्धि तथा प्राविधिक )को पूर्वनिर्धारित समय तालिका अनुसार आज तेस्रो दिन अनिवार्य गणित विषयको परीक्षा जिल्लाको ३८ वटै परीक्षा केन्द्रहरूमा विहान ८:०० बजेदेखि शुरू भई तोकिएको समयमा सु-सम्पन्न भएको व्यहोरा अनुरोध छ ।

परीक्षाका लागि ६७८३ छात्रा र ४११३ छात्र गरि जम्मा १०,८९६ परीक्षार्थी फारम भरेकोमा आज अनिवार्य गणित विषयमा नियमित तर्फ ५४१८ छात्रा ५२१६ गरि जम्मा १०६३४ तथा ग्रेडबृध्दि तर्फ ७२ छात्रा ५८ छात्र गरि जम्मा १३० जना परीक्षार्थी परीक्षामा सहभागी भए भने ६६ छात्रा ६६ छात्र गरि जम्मा १३२ परीक्षार्थी अनुपस्थित रहे ।

नक्कली परीक्षार्थी सम्बन्धमा ।

एसईई परीक्षा-२०८० को तेस्रो दिन अनिवार्य गणित विषयको परीक्षामा जिल्ला अन्तरगतका श्री जनकल्याण मा.वि, धनकौल गापा-१, धोविनिया, सर्लाहीका परीक्षार्थी राकेश कुमार महतो(सिम्बल नं ०२२१००४५”S”)को सट्टा अर्को व्यक्ति नक्कली परीक्षार्थी सर्लाही जिल्ला कविलासी नपा-७, सिरसियाका अनुमानित वर्ष १९ का कृषण महतो परीक्षा दिदै गरेको अवस्थामा फेला परेकोले निजको यस वर्षको परीक्षा जिल्ला परीक्षा समन्वय समिति, सर्लाहीको मिति २०८०/१२/१८ गतेको निर्णयानुसार रद्द गरिएको छ ।

७ जना परीक्षार्थीको आजको परीक्षा रद्द गरिएको सम्बन्धमा ।

केन्द्राध्यक्ष निर्देशन पुस्तिका-२०८० को बुदाँ नं ख(१०)(त) बमोजिम परीक्षामा अनियमित काम गरेकोले श्री ज.मा.वि, धनकौल गापा-३, हरकठवा, सर्लाही परीक्षा केन्द्रका परीक्षार्थी राकेश कुमार महतो (सिम्बल नं ०२२१००४५”S”), श्री प.मा.वि, पर्सा गापा-५, सर्लाही परीक्षा केन्द्रका परीक्षार्थी अनिस राय(सिम्बल नं.०२२०४५०८”T”), श्रीमती लक्ष्मीदेवी ज.मा.वि, मलंगवा नपा-११, गम्हरिया, सर्लाही परीक्षा केन्द्रका परीक्षार्थी लिलम कुमारी (सिम्बल नं.०२२०२५५७”S” ), मनोज कुमार महतो (सिम्बल नं.०२२०७५३८”H”), भिम नारायण श्रेष्ठ (सिम्बल नं.०२२०७५२७”W”) र मो.आर्यण मिकरानी (सिम्बल नं ०२२०९०१६”D”) तथा श्री केश्वर गरिव ज.मा.वि, हरिपूर्वा नपा-५, सर्लाही परीक्षा केन्द्रका परीक्षार्थी अनिता कुमारी यादव(सिम्बल नं.०२२०७२२६”H”)को आजको गणित विषयको परीक्षा रद्द गरिएको छ ।

३ जना केन्द्राध्यक्ष निलम्बन गरिएको सम्बन्धमा ।

२०८० सालको कक्षा-१० को अन्त्यमा हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तेस्रो दिन अनिवार्य गणित (नियमित तथा ग्रेडबृद्धि)विषयको परीक्षा अनुगमन/निरीक्षणको क्रममा प्रतिबन्धित/अवाञ्छित वस्तु (किताव, कापी, नोटबुक,गाइड, गेसपेपर, अनुचित कागजात,मोबाइल फोन, ट्यावलेट,चिप्स, स्मार्ट वाच लगायत) ठूलो संख्यामा फेला परेको हुदाँ सम्बन्धित केन्द्राध्यक्षले परीक्षाको मर्यादा कायम राख्न कुशलतापूर्वक आफ्नो जिम्मेवारी वहन गर्न नसकेको, कर्तव्य र दायित्व पूरा गर्न सक्षम नदेखिएको ठहर सहित जिल्ला अन्तरगतका श्रीमती लक्ष्मीदेवी ज.मा.वि, मलंगवा नपा-११, गम्हरिया, सर्लाही परीक्षा केन्द्रका केन्द्राध्यक्ष दिनेश राय, श्री जनता मा.वि, चक्रघट्टा गापा-२, बेल्ही, सर्लाहीका परीक्षा केन्द्रका केन्द्राध्यक्ष विरेन्द्र चौधरी र श्री जनता मा.वि, धनकौल गापा-३, हरकठवा, सर्लाही परीक्षा केन्द्रका केन्द्राध्यक्ष रामनारायण यादवलाई केन्द्राध्यक्ष पदबाट निलम्बन गरिएको तथा रिक्त केन्द्राध्यक्ष पदमा क्रमश: सोही विधालयका सहायक केन्द्राध्यक्ष वसन्त कुमार प्रसाद साह, रविन्द्र राय, प्रअ, ज.मा.वि. सलेमपुर र मनोज कुमार राय, प्रअ, नारायण हरि मा.वि, सिसौटियालाई जिल्ला परीक्षा समन्वय समिति, सर्लाहीको मिति २०८०/१२/१८ गतेको निर्णयानुसार नियुक्त गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिनुभयो।

प्रकाशित मिति: २०२४-०३-३१ , समय : २१:५०:२० , १ महिना अगाडि

error: Content is protected !!