०७ जेठ २०८१, सोमबार
2024-05-20

दल विशेष संचारकर्मीले गर्दा नेताहरु झुट माथि झुट बोल्दै : केसी

कोशी प्रदेश सम्वाददाता

विराटनगर। नेपालका राजनीतिक दलका नेताहरुले एक पछि अर्को झुट जसरी बोलिरहेका छन् । तेसका प्रमुख कारक तत्व नेपालको संचार जगत हो । नेपाल प्रेस युनियन द्वारा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिह केसीले सो कुरा बताउनु भएको हो ।

संचारकर्मी पनि दल विशेषका छन् आफ्नो दलका नेताले गलत बोलेमा गलत भनेर नभन्ने गरेको कारण दलका नेतालाई झुट माथि झुट बोल्ने प्रेरणा मिलेको केसीले बताउनुभयो ।

नेपालमा परिवर्तन पछि ल्याएको समानुपातिक प्रणाली ले संविधानको आस्थिरताको प्रमुख कारण तत्व बनेको छ केसी को भनाइ थियो ।

नेपालको राजनीतिक दल राजनीतिक दल जस्तो चलेको छैन , संसद संसद जस्तो चल्नु पर्ने हो चलेको छैन ,सरकार सरकार जस्तो चल्नु पर्ने हो चलेको छैन भन्नु भयो ।

धर्मले देश जोगाउने काम गर्छ धर्मले चेतना फैलाउने काम गर्छ भन्नु हुँदै सबै धर्मको सद्भाव सहितको हिन्दु राज्य हुनुपर्छ केसीको भनाइ छ ।

प्रकाशित मिति: २०२४-०५-०९ , समय : २०:३०:४४ , २ हप्ता अगाडि

error: Content is protected !!