२९ आषाढ २०८१, शनिबार
2024-07-13

संविधानमा देखिएका कमी कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने : नेता कृष्ण सिटौला

आर्य न्युज /Aarya News 238  पटक हेरिएको

काठमाडौं। नेपालको नयाँ संविधानमा देखिएका कमी कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नयाँ संविधान जारी भएपछि मुलुकको परिवर्तनसँगै जनताले परिवर्तनको महसुस गर्न नसकेको भन्दै संविधानमा देखिएका कमी कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए।

उनले पछिल्लो समय पुष्पकमल दाहाल नेतृत्वको तीनवटा फरक-फरक सरकार बनेका कारण त्यसको असर प्रदेशमा देखिएको बताए। जनताको हितमा एजेण्डा तयार गर्दै उक्त एजेण्डामाथि समग्र पार्टी पंक्ति एकाकार भएर जनतामाझा जानुपर्ने बेला आएको उनको भनाइ छ।

प्रकाशित मिति: २०२४-०५-११ , समय : १६:००:५५ , २ महिना अगाडि

error: Content is protected !!