०८ आषाढ २०८१, शुक्रबार
2024-06-21

केन्द्रीय नेताको हस्तक्षेप मोरङमा राप्रपा कमजोर

कोशी प्रदेश सम्वाददाता

विराटनगर । नविन राप्रपाको अवधारणा सहित अगाडी बढेको राष्ट्रिय प्रजातन्त्र पार्टीले मोरङमा आफ्नो प्रभाव जमाउन सकेको छैन ।

राप्रपा मोरङलाई अगाडी बढाउन मोरङका अध्यक्ष गोपाल कटुवाल सहितको टिमले काम गरे पनि केहि केन्द्रीय नेताको हस्तक्षेपको कारण टिमलाई काम गर्न ठुलो सकस गर्नु परेको छ । राप्रपाका केहि केन्द्रीय नेताले पुन आफु स्थापित हुने गरि संगठन विस्तारमा हस्तक्षेप गरेको कारण मोरङमा राप्रपा कमजोर बनेको हो ।

राप्रपा मोरङको क्षेत्र नम्बर ६ अन्तर्गत को केहि वडा अध्यक्षहरुलाई आफ्नो वडा कमिटीमा को को छन् थाहा हुन् सकेको छैन भने आफ्नो क्षेत्रको वडालाई चलाय मान गराउने तर्फ क्षेत्र नम्बर ६ का क्षेत्रीय अध्यक्ष रतन तामांगले आफुलाई अगाडी ल्याउन सक्नु भएको छैन । वहाँको क्षेत्र अन्तर्गत क र ख पढ़दछ उक्त तहमा पदाधिकारी को को छन् यो विषयमा क्षेत्रीय अध्यक्ष तामांगलाई समेत थाहा छैन । राप्रपा मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत केहि वडा अध्यक्षलाई आफ्नो नेतृतव बनेको वडा समितिमा को को पदाधिकारीहरु छन् भनेर समेत जानकारी छैन ।

यसलाई हेर्दा राप्रपा मोरङको संगठन कुन हिसावले चलिरहेको छ यस तर्फ राप्रपा मोरङ को नेतृतव वर्गले खोजि गर्नु पर्ने भएको छ । राप्रपा मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत को वडा नम्बर ६ बुथ समितिका अध्यक्ष संजय भुजेल अन्योलमा हुनुहुन्छ । वहाँलाई वडा नम्बर ६ को संगठन भित्रमा को को पदाधिकारी छन् भनेर जिज्ञासा राख्दा आफुलाई थाहा नभएको भुजेलले बताउनुभयो । वडा नम्बर ६ को माइनुट बुक आफु संग छैन केन्द्रीय नेताको जिम्मामा छ भनेर वहाँले वास्तविक कुरा वताउनुभयो ।

यसै गरी वडा नम्बर ९ को अवस्था पनि तस्तै छ वडा नम्बर ९ का वडा अध्यक्ष निरज साह संग वडा समितिको विषयमा जिज्ञासा राख्दा समितिमा को को छन् भनेर आफुलाई केहि थाहा छैन माइनुट बुक आफु संग छैन आफुलाई बस्न मन छैन जवरजस्ती बस्न लगाए पछि बसेको जवाफ दिनु भएको छ । यस तर्फ राप्रपा मोरङले पुन विचार गर्नु पर्ने देखिन्छ ।

प्रकाशित मिति: २०२४-०५-११ , समय : २०:४०:४० , १ महिना अगाडि

error: Content is protected !!