२९ आषाढ २०८१, शनिबार
2024-07-13

ज्वालामुखीबाट आएको बाढी र चिसो लाभाका कारण ३७ जनाको मृत्यु

आर्य न्युज /Aarya News 511  पटक हेरिएको

पश्चिमी इन्डोनेसियाको सुमात्रा टापुमा ज्वालामुखीबाट आएको बाढी र चिसो लाभाका कारण ३७ जनाको मृत्यु भएको छ । शनिबार केही घण्टा परेको भारी वर्षाले सुमात्राको सबैभन्दा सक्रिय ज्वालामुखी माउन्ट मारापीबाट खरानी र चट्टानहरू बगाएको थियो।

चिसो लाभाको पहिरोले दुई जिल्ला डुबानमा परेको छ। मानिसको मृत्यु भएको छ भने १०० भन्दा बढी घर, मस्जिद र सार्वजनिक भवनमा क्षति पुगेको छ।

१८ जना बेपत्ता भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।

राष्ट्रिय खोज तथा उद्धार एजेन्सीका अनुसार आइतबार दिउँसो उद्धारकर्मीहरूले सबैभन्दा बढी प्रभावित आगम जिल्लाको कान्दुआङ गाउँमा १९ र छिमेकी जिल्ला तनह दातारमा थप नौ जनाको शव फेला पारेका थिए।

माउन्ट मारापी वरपरको क्षेत्रमा विगत छ महिनामा धेरै यस्तै प्रकोपहरू भएको समाचारमा उल्लख छ।
गत डिसेम्बर ५ मा ज्वालामुखी विष्फोट हुँदा २३ पदयात्रीको मृत्यु भएको थियो भने यस वर्षको फेब्रुअरीमा आएको बाढीले तनह दातारमा दर्जनौं घरमा क्षति पुर्याएको थियो ।

गत महिना मात्रै विष्फोट भएको केही दिनमै २ किलोमिटर अग्लो खरानीको बादलले आकाश ढाकेको थियो। यस क्षेत्रमा उडानहरू अवरुद्ध भएका थिए, सडकहरू बन्द गरिएको थियो र ११ हजारभन्दा बढी मानिसहरूलाई अन्यत्र सारिएको थियो।

प्रकाशित मिति: २०२४-०५-१३ , समय : १०:२६:४२ , २ महिना अगाडि

error: Content is protected !!