२९ आषाढ २०८१, शनिबार
2024-07-13

प्रदेशका नव नियुक्त मुख्यन्यायाधिवक्ता वस्ती शपथ ग्रहण

मनोज दाहाल / रासस 245  पटक हेरिएको

विराटनगर । कोशी प्रदेशका नव नियुक्त मुख्यन्यायाधिक्ता नारायण वस्तीलाई आज यहाँ पद तथा गोपनियताको शपथ ग्रहण गराइएको छ।

मुख्य न्यायाधिवक्ता वस्तीलाई विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश रमेशप्रसाद राज भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको छ। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिशमा नेपालको संविधानको धारा १६० को उपधारा (२) वमोजिम विराटनगर– ४ निवासी वस्तीलाई मुख्यन्यायाधिवक्तामा आज नियुक्त गर्नु भएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख खापुङ्ग, प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की,प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, विनाविभागीय मन्त्री रामकुमार मगर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुखहरु, प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२४-०५-१७ , समय : १२:५७:१७ , २ महिना अगाडि

error: Content is protected !!