०८ आषाढ २०८१, शुक्रबार
2024-06-21

कोशी प्रदेश मन्त्रिपरिषद निर्णय : योजना छनौट प्रक्रिया व्यवस्थित गर्ने

मनोज दाहाल / रासस

विराटनगर । कोशी प्रदेश सरकारको शुक्रबार साँझ वसेको मन्त्रिपरिषदको वैठकले प्रदेशका योजनाहरु छनौट प्रक्रियाहरुलाई व्यवस्थित गर्ने निर्णय भएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा बसेको वैठकले प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश ७५ को दफा ७ को उपदफा ६ वमोजिम प्रदेश विकास परिषदको वैठक यही जेठ २९ गते बस्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता लिलावल्लभ अधिकारीले जानकारी दिनु भयो ।

यसरी अर्को निर्णयमा नेपाल सरकारबाट हस्तान्तरण भएका र प्रदेशमा आएका अधुरो योजनाहरु , क्रमागत योजनाहरु, वहुवर्षिय आयोजनाहरु , चालु आर्थिक वर्ष २०८०÷८१ मा सम्पन्न नभएका र बजेटका अपुग भएका योजनाहरु पुरा गर्न नेपाल सरकारसँग थप रकम मांग गर्ने निर्णय भएको भएको छ।

यि योजनाहरु सम्पन्न गर्न रु दुई अर्व तीन करोड ५० लाख ८७ हजार शसर्त अनुदान नेपाल सरकारसँग मांग गर्ने निर्णय भएको छ।

प्रकाशित मिति: २०२४-०६-०८ , समय : १६:२०:५१ , २ हप्ता अगाडि

error: Content is protected !!