१३ बैशाख २०८१, बिहिबार
2024-04-25

तनहुँमा चितुवाको आक्रमण दिन प्रति दिन बढ्दै:चार दिनमा ३ आक्रमण

Aarya News Desk

नेपालीमा पढ्नुहोस

तनहुँ जेष्ठ ३१ गते। तनहुँमा चितुवाको आक्रम दिन प्रति दिन बढेको छ। चार दिनमा ३ आक्रमण गरेको हो। आक्रमणमा परि जिल्लाको बन्दीपुर गाउँपालिका–१ बिउघरमा पाँच वर्षिय बालक सुप्रिम थापाको ज्यान गएको छ।

मंगलबार दिउँसो करिब ४:१५ बजेतिर घरको आँगनमा खेलिरहेको अवस्थामा बालकलाई चितुवाले आक्रमण गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमल राज काफ्लेले जानकार दिए। चितुवाको आक्रमणमा परेका बालकको शव घरभन्दा करिब दुई सय मिटर माथि छापेली सामुदायिक वनको जङ्गलमा फेला परेको थियो। आँगनमा खेलिरहेको अवस्थामा सुप्रिमलाई चितुवाले आक्रमण गरेको बताइएको छ।

केही दिनयता बन्दीपुरमा चितुवाको आतङ्क बढेको छ। गत शनिबार राति ८:३० बजे बन्दीपुर–४ टावर निवासी ८ वर्षीया रियाना थापा र आइतबार बिहान २:३० बजे बन्दीपुर-१ बागदलेका ३५ वर्षीय भीमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते भएका थिए। घाइतेहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी डिएसपी युवराज खड्काले जानकारी दिए।

२०७४ फागुन १ गते पहिलोपटक तनहुँको भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठलाई चितुवाले आक्रमण गरी ज्यान लिएको थियो। त्यसयता चितुवाको शिलशिलावद्ध आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा गरी ११ जना बालबालिकाले ज्यान गएको छ।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख काफ्लेले यो समय चितुवाले आक्रमण गर्ने सिजन भएको बताउँछन्। उनले भने चितुवाले यो समयमा बच्चा हुर्काउने सिजन हो। यो बेला चितुवा बढी आक्रमक हुन्छ। उनले यतिबेला एकदमै सचेत हुनु पर्ने बताए। काफ्लेले बच्चाहरुलाई एक्लै छाड्दै नछाड्न र रातको समयमा उज्यालो बनाएर मात्र बाहिर निस्कन जिल्लावासीलाई आग्रह गरेका छन्।

चितुवाको पछिल्लो गतिविधिलाई हेर्दा चितुवा समस्या ग्रस्त अवस्थामा भएको उनको ठम्याई छ। ‘रगत मात्र चुसेर छाडेको पाइएको छ। त्यो चितुवाको कि दाँत भाँच्चिएको छ। कि नङ्ग्ररा कमजोर भएको छ। अन्य जनावरलाई आक्रमण गर्न सकेन। त्यहि भएर बस्तीमा आएर बच्चाहरुलाई आक्रमण गर्न थालेको छ’ उनले भने। चितुवा नियन्त्रणका लागि खोर थापेर हरसम्भव प्रयास गरेको उनको भनाई छ।

प्रकाशित मिति: २०२२-०६-१४ , समय : १९:४७:१४ , २ वर्ष अगाडि

error: Content is protected !!