२५ भाद्र २०८१, बुधबार
2024-09-11

कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

Aarya News / आर्य न्युज 12142  पटक हेरिएको

देवानगञ्ज । कोशी उर्लिएर नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।

केहीबेर अघिको मापनमा कोशी ब्यारेजमा ३ लाख ७० हजार क्युसेक पानी मापन गरिएको छ। उच्च पानि वहावको कारण ५६ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनुुभयो । यो वहाव यो वर्ष कै उच्च हो।

उहाले उच्च सतर्कता बढाइएको बताउनुुभयो । सप्तकोशी जलमापन केन्द्रमा जलसतह खतराको संकेत पार गरेका कारण नदी आसपासका बासिन्दालाई शतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

पानी पर्ने क्रम जारी रहेकाले नदीमा पानीको बहाव बढ्ने क्रममा रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । नदी आसपासका उदयपुर, सुनसरी र सप्तरी जिल्लाका बासिन्दालाई सुरक्षित रहन भनिएको छ ।

प्रकाशित मिति: २०२४-०७-०७ , समय : १०:४४:४४ , २ महिना अगाडि

error: Content is protected !!