
भोक्राहा नरसिंह गाउॅपालिका सुनसरीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको सम्बन्धमा छलफल अन्तर्क्रिया सम्पन्न गरेको छ | आगामी वर्षको नीति तथा बजेटका लागि विभिन्न संघ संस्था ,किसान र पालिका बासीको सुझाव संकलनको लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमाको सम्बन्धमा छलफल अन्तर्क्रिया सम्पन्न गरेको हो|पालिकामा रहेको कृषि क्षेत्र ,शिक्षा क्षेत्र ,स्वास्थ्य क्षेत्र ,संचार क्षेत्र ,भोतिक निर्माण क्षेत्र ,सुरक्षा क्षेत्र ,व्यापार ,संघ संस्था , सहकारी र बैकिंग क्षेत्रको सुझाव संकलन गरेको थियो |
कार्यक्रममा लेखा अधिकृत महेश राना मगरले नीति तथा कार्यक्रम र बजेट तर्जुमाको अवस्था र प्रकृयाको बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।विभिन्न क्षेत्र बाट ३२ जनाले आ आफ्नो सुझाव दिएको थियो |
विभिन्न संघ संस्था र पालिकाबासि बाट प्राप्त सुझावहरू उपर गाउॅपालिकाले मनन गर्ने तथा गाॅउपालिकाको समृद्धिका लागि पालिकाका कर्मचारीहरू विदाको दिन, कार्यालय समय अघिपछि पनि दत्तचित भएर कटिबद्ध भएर खटि रहेकोले सबै पदाधिकारीहरू र सरोकारवालाहरूले साकारात्मक ढंगले साथ, सहयोग, समन्वय, सहजिकरण गर्न पर्ने प्रमुख प्रशासकीय अधिकृ बाबुनन्दन मेहताले बताए ।
गाउॅपालिका अध्यक्ष अजमल अख्तर मियाले हरेक सुझावलाई गाउॅपालिकाको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताए। उनका अनुसार सबै सरोकारवालाको साथ, सहयोग, समन्वय, सल्लाह, सुझावबाट मात्र भोक्राहा नरसिंह गाउॅपालिकाको समग्र क्षेत्रको विकासको खाका तयार हुने बताउनु भयो । साथै अध्यक्षले देहायको प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रम समापन गरेको थियो ।
देहाय
क) शैक्षिक क्षेत्र सुधारकालागि उच्चस्तरिय टोली गठन गरी अध्ययन हुने
ख) सामुदायिक विद्यालयलाई अंग्रजी माध्यममा पठन पाठन गर्न प्रोत्साहन गर्ने
ग) किसानहरूलाई विभिन्न किसिमको सहुलियत उपलब्ध गराउने : विद्युतिय मिटर, कृषी औजार, विद्यतिय सिंचाई लगायत
घ) कृषी उपज तथा पशु हाटबजार ब्यबस्थापन गर्ने
ङ) अधुरा विकास निर्माण पुरा गर्ने कार्यलाई पहिलो प्राथमिकता दिने
च) विकास निर्माणमा छिमेकी स्थानीय तह, प्रदेश सरकार, संघीय सरकारसंग सिझेदारी गर्ने
छ) संचारमाध्यमलाई प्रोत्साहित गर्ने लगायत
उक्त कार्यक्रममा गाउॅपालिका अध्यक्षको अध्यक्षतामा ,पालिका उपाध्यक्ष सुनिताकुमारी उराॅव, प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, सबै सामाजिक धार्मिक सहकारी संघ संस्थाको पदाधिकारीहरू, सुरक्षा निकायको प्रमुखहरू, संचारकर्मीहरू, कर्मचारीहरू गरी १५० जनाको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२२-०६-१९ , समय : १४:०७:३० , ११ महिना अगाडि