विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समिकरण अनुसार प्रदेशमा हाललाई नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार निर्माण हुने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले शक्ति सब्ख्याको आधारमा नेकपा एमालेले मुख्यमन्त्री सहित पाँच र नेकांले चार मन्त्रालय पाउने सहमती भएको जानकारी दिनु भयो । मुख्यमन्त्री कार्कीले वर्तमान अवस्थामा मन्त्रालयको सब्ख्यामा वृद्धि नहुने समेत प्रष्ट पार्नु भयो’ । उहाँले नेकाले नाम दिएको आधारमा दुई÷चार दिन भित्र मन्त्रिमण्डल विस्तार गर्ने समेत जानकारी दिनु भयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट पास भई कार्यान्वयनमा गैसकेकोले यसमा पुनरालोकन नहुने स्पष्ट पार्र्दै आवधिक समयमा विग्रका बजेटलाई कानुन वमोजि सच्याउने सकिने विचार व्यक्त्त गर्नु भयो । उहाँले सामाजिक विकास मन्त्रालयका सचिवलाई आएको धम्कि सम्वन्धमा प्रदेश सरकार कर्मचारी र नागरिकको सुरक्षाको निम्ति सम्वेदनशील छ भन्नु भयो ।
प्रकाशित मिति: २०२४-०७-२९ , समय : १९:२१:३६ , २ महिना अगाडि