१३ बैशाख २०८१, बिहिबार
2024-04-25

नेपालमा थप १ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Aarya News Desk

नेपालीमा पढ्नुहोस

काठमाडौं श्रावन १ गते।नेपालमा  थप १ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण भएका ३०४१ नमूनामा १ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार देशभरबाट १ हजार ४ सय ७३ नमूनाको पीसीआर र १ हजार ५ सय ६८ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो।जसमध्ये पीसीआरबाट १ सय १४ जना र एन्टिजेन विधिबाट २१ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा कोरोनाबाट एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५३ जनाले ज्यान गुमाइसकेका छन् ।
आज थप ५९ संक्रमित कोरोनामुक्त भएका छन्।
हाल नेपालमा १ हजार ४ सय ३९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०७-१७ , समय : १७:२७:५४ , २ वर्ष अगाडि

error: Content is protected !!