१३ बैशाख २०८१, बिहिबार
2024-04-25

ठूलो परिमाणमा लागु औषधसहित एक किशोर पक्राउ

Aarya News Desk

नेपालीमा पढ्नुहोस

वीरगन्ज श्रावन २ गते। पर्सामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागु औषधसहित एक किशोरलाई पक्राउ गरेको छ। पर्साको बिन्दबासिनी गाउँपालिका- ५ प्रसौनीभाठाबाट सशस्त्र प्रहरीले पर्साकै पटेर्वासुगौली गाँउपालिका-३ का मन्जित महारालाई लागु औषधसहित पक्राउ गरेको हो।

भारतबाट बा ५२ प ६१४६ नम्बरको मोटरसाइकलमा आइरहेका महरालाई सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा उनको साथबाट ४५१ पिस लागुऔषध बरामद गरेको हो। महराको साथबाट नाइट्रोभेट ३ सय पिस, डाइजेपाम ५१ पिस , नोरफिन ५१ पिस र फेनरागन ४९ पिस बरामद भएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए।

लागु औषधसहित पक्राउ परेका महरालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको पोखरेलले जानकारी दिए।

प्रकाशित मिति: २०२२-०७-१८ , समय : ११:४७:०१ , २ वर्ष अगाडि

error: Content is protected !!