०७ बैशाख २०८१, शुक्रबार
2024-04-19

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि ::नयाँ राष्ट्रपतिका लागि मंगलबार संसदमा मनोनयन हुँदै

Desk

नेपालीमा पढ्नुहोस

कोलम्बो। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि नयाँ राष्ट्रपतिका लागि मंगलबार संसदमा मनोनयन हुँदैछ। गत हप्ता आर्थिक संकट विरुद्धको भीषण प्रदर्शनपछि गोटाबाया देश छोडेर भागेका थिए।

बुधबार सांसदहरूले नयाँ राष्ट्रपति चयनको लागि मतदान गर्ने छन्। कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई सत्तारुढ श्रीलंका पिपुल्स फ्रन्टको समर्थन रहेकोले उनी यो अरुभन्दा बलियो देखिएका छन्। ट्रेड युनियनहरूले भने रनिल विक्रमासिंघेको राजपाक्षे परिवारसँग घनिष्ट सम्बन्ध भएकाले उनको मनोनयनको विरोध गर्ने बताएका छन्। श्रीलंकाका प्रमुख विपक्षी नेता सजिथ प्रेमदासाले राष्ट्रपतिको उम्मेदवारीबाट आफ्नो नाम फिर्ता लिने बताएका छन्। उनले केही दिनअघि मात्र उनले राष्ट्रपति पदमा उम्मेदवारी दिने बताएका थिए।

एसजेबी पार्टीका नेता सजिथ प्रेमदासालेले ट्विटमा लेखेका छन्, ‘देशको हितका लागि म राष्ट्रपति पदको उम्मेदवारी फिर्ता लिन्छु। हाम्रो गठबन्धन र हाम्रा सहयोगीहरूले सांसद दलास अलापेरुमालाई विजयी गराउन कडा मेहनत गर्नेछन्।’ बीबीसी

प्रकाशित मिति: २०२२-०७-१९ , समय : १५:१३:३५ , २ वर्ष अगाडि

error: Content is protected !!