०८ बैशाख २०८१, शनिबार
2024-04-20

पानी ट्याकींमा डुबेर दाजुबहिनीको मृत्यु

Desk

नेपालीमा पढ्नुहोस

सुर्खेत श्रावन ३ गते। दैलेखको दुल्लुमा सिचाईंका लागि जम्मा गरिएको पानी ट्याकींमा डुबेर एकै घरका दुई दाजुबहिनीको मृत्यु भएको छ । सोमबार बेलुका दुल्लु नगरपालिका ८ कर्णाली खोला छेउमा सिचाईंको लागि जम्मा गरिएको ट्याङकीमा डुबेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

दुल्लु नगरपालिका-३ सियाला बस्ने बखत महतका १२ वर्षीय छोरा दिनेश महत र ९ वर्षीया छोरी अनिता महतको डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले जानकारी दिए । उनका अनुसार प्रहरीले मुचुल्का उठाएर शव पोष्टमाटमको लागि दुल्लु ल्याएको छ ।

प्रकाशित मिति: २०२२-०७-१९ , समय : १७:१५:०४ , २ वर्ष अगाडि

error: Content is protected !!