
नयाँ दिल्ली श्रावन ५ गते। भारतमा १५औँ राष्ट्रपतिको नाम घोषणा हुने भएको छ। जुलाई १८ मा भएको राष्ट्रपति निर्वाचनमा संसद र व्यवस्थापिका दुवै सदनका निर्वाचित सदस्यले मतदान गरेका थिए। सो मतको गणना आज बिहान ११ बजेबाट सुरु भएको हो।
मतगणनाका लागि सबै प्रदेशका विधान सभाको मतपेटिका संसद भवनमा पुगिसकेको छ । भारतका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल जुलाई २४ मा सकिँदैछ। यस पदका लागि एनडीएबाट द्रौपदी मुर्मु उम्मेदवार छन् भने विपक्षी दलबाट यशवंत सिन्हा उम्मेदवार छन् ।
यसपटक राष्ट्रपति निर्वाचनमा जम्मा चार हजार ८०७ मतदाता थिए। यसमा राज्यसभाबाट २३३ विधायक, लोकसभाबाट ५४३ र विधान सभाका ४ हजार ३३ विधायकहरू सामेल छन्।
प्रकाशित मिति: २०२२-०७-२१ , समय : ११:४१:१४ , १० महिना अगाडि