०७ बैशाख २०८१, शुक्रबार
2024-04-19

के हो डेंगु ? के  गर्ने के नगर्ने ? जोगिने उपाय

Desk

नेपालीमा पढ्नुहोस

डेंगु एक प्रकारको भाइरसले हुने रोग हो। डेंगु भाइरसको चार प्रजाति हुन्छन्। यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। जुनसुकै उमेरका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ।

कुनै व्यक्तिलाई एक पटक डेंगु भाइरसको संक्रमण भएपछि जीवनभर त्यसै प्रजातिको डेंगु रोग लाग्दैन। अन्य प्रजातिको डेंगु रोग लाग्न सक्छ। प्रायः दोस्रो पटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक किसिमको हुन्छ।

कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि केही दिनपछि लक्षणहरू देखिन सुरु हुन्छ। धरैजसोलाई संक्रमित लामखुट्टेले टोकेको चारदेखि सात दिनभित्र विभिन्न लक्षण देखिन्छ।

लक्षण

वाकवाकी लाग्ने

बान्ता हुने

टाउको दुख्ने

आँखाको गेडी र पछिल्लो भाग दुख्ने

ढाड, जोर्नी दुख्ने

मांसपेशी दुख्ने

शरीरमा बिमिरा देखिने

नाक र गिजाबाट रक्तस्राव हुने

शरीरमा रगत जमेको चक्का देखा पर्ने

बेहोश हुने

जोगिने उपाय

लामखुट्टेको टोकाइबाट बच्ने

वरपर फालिएका टायर, बट्टा, बाल्टिन, बोतलमा पानी जम्न नदिने

शरीर ढाक्ने पुरा बाहुला भएको कपडा लगाउने

मल्हम लगाउने

सुत्दा झुल प्रयोग गर्ने

डेंगु ज्वरो आएको बेला सिटामोल खाने

प्रशस्त झोल पदार्थ खाने

के  नगर्ने ?       

हाफ सर्ट वा टिसर्ट नलगाउने

हाफ पाइन्ट नलगाउने

फोहोरमा नखेल्ने

लामखुट्टे बस्ने ठाउँमा नजाने

डेंगु ज्वरो आएको बेला एन्टिबायोटिक्स औषधि नखाने

प्रकाशित मिति: २०२२-०७-२१ , समय : १३:३७:४६ , २ वर्ष अगाडि

error: Content is protected !!