
बिराटनगर श्रावन ५ गते। काठमाडौं महानगरपालिका- ७ सरस्वतीनगरस्थित एक घरमा रहेको अवैध गोदाममा प्रहरीले छापा मारेको । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोदाममा छापा मारेको हो ।
अवैध सामान भण्डारण गरेर राखेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गोदाममा छापा मार्दा विभिन्न ब्रान्डका विदेशी चुरोट, गुट्खा, हुक्का फ्लेबर, अक्सिमिटर र पटकालगायत १ करोड मूल्य बराबरको अवैध सामान बरामद भएको कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए । उनले सामान भन्सार छलेर ल्याइएको पाइएको भन्दै गोदामका मालिक पर्साको प्रसौनी गाउँपालिका १ घर भएर कपन बस्ने छविलाल अगस्तीलाई पक्राउ गरिएको बताए ।
अगस्तीले सिजल एण्ड सु्जता टेण्ड्रिङ प्रालि भनेर दर्ता गरेको फर्मको गोदाममा उक्त परिणामको अवैध सामान बराम गरिएको हो । अवैध सामानसहित पक्राउ परेका अगस्तीलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइने कोइरालाले बताए।बरामद सामान पटका भएकाले विस्फोटक पदार्थ ऐनसम्बन्धी कसुरमा उनीविरुद्ध मुद्दा चलाइने कोइरालाले बताए।
प्रकाशित मिति: २०२२-०७-२१ , समय : १५:५९:११ , ११ महिना अगाडि