१२ बैशाख २०८१, बुधबार
2024-04-24

नेपालबाट सुपाडी लोड गरी भारत जान लागेको आठ वटा ट्रक प्रहरीको नियन्त्रणमा

Ranbhumi

Aarya News Desk

नेपालीमा पढ्नुहोस

विराटनगर श्रावन ६ गते। नेपाल बाट सुपाडी लोड गरी भारत जान लागेको आठ वटा भारतिय नम्बरको ट्रकहरु इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
विहीवार रातिको समयमा इलाका प्रहरी कार्यालय रानी बाट खटेको टोलीले युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बर भएको ८ थान ट्रकहरु प्रहरी चौकी ल्याएर अनुसन्धान थालेका हुन ।

उक्त ट्रकमा के लोड गरिएको विषयमा ट्रकका सह-चालकहरु सँग सोधपुछ गर्दा सो ट्रकहरुमा सुपाडी लोड भएको बताए । सह-चालकहरुका अनुसार नेपाल बाट लोड गरिएको सुपाडी भारतको महाराष्ट्र नागपुर सम्म लैजान लागेको भनी बताए ।
प्रहरीको अनुसन्धान जारी रहेको छ । थप जानकारी आउन बाँकी

प्रकाशित मिति: २०२२-०७-२२ , समय : ०८:३६:०५ , २ वर्ष अगाडि

error: Content is protected !!