हेटौडा श्रावन ६ गते। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको हकहित र व्यावसायिक विकासका लागि सरकार पछि नहट्ने बताएका छन्।
नेपाल प्रेस युनियनको नवौं महाधिवशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।’प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको हकहित,व्यावसायिक विकास,पेशागत सुरक्षाको सवालमा सरकार पछि हट्दैन,उनले भने,’ निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्रलाई बलियो बनाउन सकिन्छ।’ प्रधानमन्त्री देउवाले नेपालको आन्दोलनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको बताए।
लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरुरी रहेको बताउँदै प्रधानमन्त्री देउवाले कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताप्रति सदैव प्रतिबद्ध रहेको बताए।नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था प्रेस युनियनको यो महाधिवेशनबाट करिब आठ वर्षपछि नयाँ नेतृत्व चयन हुन लागेको हो।
प्रेस युनियनको महाधिवेशनमा संस्थापन र इतर पक्षबाट प्यानल बनाएर उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन्।अध्यक्षमा अनिता विन्दु र शिव लम्साल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्।
प्रकाशित मिति: २०२२-०७-२२ , समय : १३:३५:३१ , २ वर्ष अगाडि