१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

फिलिपिन्समा शक्तिशाली भूकम्पको धक्का महसुस

Desk

नेपालीमा पढ्नुहोस

फिलिपिन्स। फिलिपिन्समा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले लुजोन टापुमा बुधबार शक्तिशाली भूकम्प गएको जनाएको छ ।

भूकम्प ७.१ रेक्टर स्केलको मापन गरिएको छ । राजधानी मनिलालगायत धेरै क्षेत्रमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको भूवैज्ञानिकहरूले बताएका छन् । यद्यपि यी परकम्पहरूमा कुनै पनि मानवीय वा सम्पत्तिको क्षति भएको छैन।

भूकम्पको केन्द्रबिन्दु अबरा प्रान्तको डोलोरेस सहरबाट करिब ११ किलोमिटर पूर्व–दक्षिणमा रहेको बताइएको छ । समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै ३० सेकेन्ड वा सोभन्दा बढी समयसम्म भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पपछि मानिसहरु घरबाहिर निस्केका थिए ।

 

प्रकाशित मिति: २०२२-०७-२७ , समय : १२:४४:१९ , २ वर्ष अगाडि

error: Content is protected !!