१२ बैशाख २०८१, बुधबार
2024-04-24

सामान्य वर्षा हुँदा प्रदेश एकको राजधानी डुवान

चुनावका बेलामा हरेक पार्टीले बिराटनगर महागर पालिकालाई बाढी मुक्त बनाउने प्रतिबध्दता जनाए पनि त्यो कागज मै सिमित

राजीव कुशवाहा

नेपालीमा पढ्नुहोस
बिराटनगर महानगरपालिका

बिराटनगर। प्रदेश एकको राजधानी बिराटनगर महानगर पालिका सामान्य वर्षा  हुँदा नै डुवान हुन्छ। नालाहरु मापदण्ड अनुसार व्यवस्थित निर्माण नभएकोले पानीको निकास नहुँदा महानगर डुवानमा पर्दै आएको हो।

बिराटनगर महानगर पालिका प्रदेश एकको राजधानी , एक नम्बर प्रदेशको एक मात्र महानगर भएकोले बिराटनगर महानगर पालिकाले गर्ने हरेक काममा सबैको चासो र चर्चाको विषय बन्ने गर्दछ । तर सामान्य वर्षा हुँदा बिराटनगर महानगरपालिका डुवानमा पर्ने गरेको छ । चुनावका बेलामा हरेक पार्टीले बिराटनगर महागर पालिकालाई बाढी मुक्त बनाउने प्रतिबध्दता जनाए पनि त्यो कागज मै सिमित रहेको छ ।

यस बिषयमा अहिले सम्म कसैले गम्भीर भएको देखिएको छैन। गत वर्षा कार्तिक २ र ३ गते आएको बेमोसमी पानीका कारण आएको बाढीले बिराटनगर विमानस्थल तिन दिन सम्म बन्द भएको थियो। बिमानस्थलको धावन मार्गमा एक फिट भन्दा बढी पानी जमेको कारण बिराटनगरको उडानहरु प्रभावित भएको थियो । विमानस्थलको मूल्य गेट र विमानस्थलको धावन मार्ग उत्तर पश्चिममा रहेको बस्ता खोला धावन मार्गमा पसेपछि विमानस्थल टर्मिनल भवन सम्म समेत जलमग्न बनेको थियो । पुर्व सिंघिया खोला र पश्चिम केसलिय खोलाको बाढीले बिराटनगर महानगर पालिका डुवान हुने गरेको छ। हरेक वर्ष आउने बढीले बस्ति डुवान हुनु साथै घर , अन्यवाली, तरकारी जनधनको छति हुने गर्दछ।

अव्यवस्थित र मापदण्ड भन्दा साना नालाहरु बनाएका कारण पानीले निकास नपाउदा सामान्य वर्षा हुँदा बाढी आउने गरेको र जनधनको छती हुने गरेको स्थानीयले बताए। बिराटनगर महानगर पालिकाको अधिकांस नालाहरु जाम र भरिएको छ। नालाहरु अग्लो भएर पानीको निकास कतै नहुँदा र सरसफाईमा पनि कसैको ध्यान नजादा बाढी आउने गरेको स्थानीयले बताए।

बिगतको ६ वर्ष देखि महानगर डुवानको प्रमुख समस्या बन्दै आएको बिराटनगर महानगर पालिका प्रमुख नागेश कोइरालाले बताए। बिराटनगरलाई सिंघिया र केसलिया खोलाले चैपेकोले र अस्तव्यस्त नालाको कारण दुवान भएको  बताए। बिराटनगरको नक्सा बनाएर र बिज्ञको टोलि बनाई पानी कसरी निकास हुन्छ केहि दिनमा काम सुरु गर्ने र समय लागे पनी महानगरलाई बाढी मुक्त  बनाउने कोइरालाले बताए |

प्रकाशित मिति: २०२२-०८-०५ , समय : १७:००:५१ , २ वर्ष अगाडि

error: Content is protected !!