बि.स. : २०८१ कार्तिक ०५, मंगलबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

सोलुखुम्बुमा महिलाका नाममा घर/जग्गा पास (लिखत) गराउनको संख्या २५ प्रतिशतले घटे

Desk 626  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

सोलुखुम्बु। सोलुखुम्बुमा महिलाका नाममा घर/जग्गा पास (लिखत) गराउनको संख्या २५ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०७८/७९ मा घर/जग्गा पास गर्ने महिलाको संख्या २५ प्रतिशतले घटेको मालपोत कार्यालय सोलुखुम्बुले जनाएको छ।

कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ मा १४ सय १ जनाले जग्गा पास गराएकोमा ५३२ जना महिला रहेका थिए। तर गत आर्थिक वर्षमा १३ सय ७५ जनाले जग्गा पास गराउँदा ४०१ जना मात्रै महिला रहेका छन्। जुन अघिल्लो आर्थिक वर्षको भन्दा संख्यात्मक हिसाबले १३१ जना अर्थात २५ प्रतिशतले कमि हो। गत आर्थिक वर्षको साउनमा ४७ पुरुष र २० महिला, भदौमा ३६ पुरुष र २८ महिला, असोजमा ७७ पुरुष र ३९ महिला, कार्तिकमा ६४ पुरुष र २१ महिला, मंसिरमा ११० पुरुष र ५४ महिला र पुसमा ११३ पुरुष र ४१ जना महिलाको नाममा जग्गा पास भएको छ।

यस्तै माघमा ११३ पुरुष र ३७ महिला, फागुनमा १४३ पुरुष र ४९ महिला, चैत्रमा ९४ पुरुष र ३४ महिला, बैशाखमा ४९ पुरुष र २३ महिला, जेठमा ७९ पुरुष र ३९ महिला र असारमा ४५ पुरुष र १६ जना महिलाले आफ्नो नाममा जग्गा पास गराएको मालपोत अधिकृत पदम प्रसाद अर्यालले जानकारी दिए। जसबाट ३१ लाख ८० हजार ४७३ रुपैयाँ राजस्व छुट भएको अधिकृत अर्यालले बताए। सरकारले महिला र दलितको नाममा घर जग्गा पास (लिखत) गर्दा २५/२५ प्रतिशत राजस्व छुट दिने व्यवस्था गरेको छ।

प्रकाशित मिति: २०२२-०८-०५ , समय : १८:०७:१५ , २ वर्ष अगाडि

error: Content is protected !!