बि.स. : २०८१ कार्तिक ०५, मंगलबार
आमा धेरै दु:ख पाए पाथिभरा भक्ति LIVE

कन्टेनरभित्र एक जना पुरुषको शव फेला परे : सडकमा चार दिनअघि कन्टेनर राखिएको थियो

Desk 582  पटक हेरिएको

नेपालीमा पढ्नुहोस

विराटनगर। मोरङमा कन्टेनरभित्र मंगलबार बिहान एक जना पुरुषको शव फेला परेको छ। सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरस्थित सडकमा रोकेर राखिएको कन्टेनरभित्र पुरुषको शव फेला परेको हो। मृतकको पहिचान खुलेको छैन।

ना ३ ख ४७४३ नम्बरको कन्टेनरभित्र अन्दाजी ४५/५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। भित्रबाट ढोक लक गरेको अवस्थामा कन्टेनरको अगाडिको सिटमा शव रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

स्थानीयका अनुसार  पूर्वबाट पश्चिमतर्फ फर्काएर चार दिनअघि कन्टेनर राखिएको थियो। डीएसपी श्रेष्ठले घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोली पुगेर अनुसन्धान सुरु गरेको बताए। उनका अनुसार मृतक कन्टेनरका चालक वा सहचालकमध्ये एक भएको हुनसक्ने अनुमान गरिएको छ। कन्टेनरभित्र एक जनाको शव देखिएको छ। ढोका लक गरिएको अवस्थामा शव रहेकाले मृतकको पहिचान भइसकेको छैन, उनले भने, प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। कहाँबाट ल्याएर कन्टेनरलाई सडकमा रोकिएको हो भन्ने पनि खुलेको छैन। घटनाको थप विवरण आउन बाँकि ……

प्रकाशित मिति: २०२२-०८-०९ , समय : १४:४५:०६ , २ वर्ष अगाडि

error: Content is protected !!