११ बैशाख २०८१, मंगलबार
2024-04-23

निगुरो टिप्न जंगलमा लगेर १४ वर्षीया बालिकालाई गरे बलत्कार

Desk

नेपालीमा पढ्नुहोस

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर बेलबारीका २१ वर्षीय सन्तोष नेपालीले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

ललाईफकाई बेलबारी स्थित सिंहदेवी सामुदायिक वनभित्रको खोल्सामा लगेर बालिकालाई नेपालीले बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार गत सोमबार साँझ ५ बजेतिर बालिका बलात्कृत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बेलबारीस्थित दिदीको घर आएको बेलामा नेपाली र बालिकाको चिनजान भएको प्रहरीले जनाएको छ ।

चिनजान भएपछि नजिकिएका नेपालीले निगुरो टिप्न जाउँ भन्दै फकाएर जंगल लगेको खुल्यो । एकान्त ठाउँमा पुर्‍याएपछि बिहे गर्छु भनेर करणी गरेछन्,’ श्रेष्ठले भने, ‘प्रतिकार गर्दा बालिकाको घाँटी, अनुहार र शरीरका विभिन्न भागमा चोटसमेत लागेको छ । पीडितको पारिवारिक आर्थिक अवस्था पनि कमजोर रहेको पाइयो ।

बिहे गर्छु भन्दै बलात्कार गरेपछि नेपालीले बालिकालाई आफ्नो घर पनि लिएर गएका थिए । परिवारका सदस्यले अस्वीकार गर्दै विभिन्न धाकधम्की दिएर लखेटेपछि पीडित कानेपोखरी प्रहरीको शरणमा पुगेकी थिइन् । आफू असुरक्षित भएको भन्दै बालिका प्रहरीको शरणमा पुगेपछि बलात्कारको घटना बाहिरिएको हो ।

बलात्कार आरोपी नेपालीलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले सोमबार राति घरैबाट पक्राउ गरेको छ । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी श्रेष्ठले बताए । पीडितको उपचार र स्वास्थ्य परीक्षण विराटनगरको कोसी अस्पतालमा गरिएको छ ।

प्रकाशित मिति: २०२२-०८-११ , समय : १५:१२:२७ , २ वर्ष अगाडि

error: Content is protected !!