१३ बैशाख २०८१, बिहिबार
2024-04-25

मोरङमा आफ्नै नाबालिका छोरीमाथि २ वर्ष देखि यौनजन्य क्रियाकलाप गर्ने बुवा पक्राउ

Desk

नेपालीमा पढ्नुहोस

बिराटनगर। मोरङको पथरीशनिश्चरेमा आफ्नै ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आफ्नै छोरीलाई पटक–पटक बलात्कार गरेको अरोपमा ४० वर्षीय बुबालाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो ।

उनलाई आफ्नी जेठी श्रीमतीको उजुरीको आधारमा साउन १६ गते पथरीस्थित घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । छोरी गर्भमा हुँदा वैदेशिक रोजगारमा गएका उनी ८ वर्ष पछि घर फर्किएका थिए । छोरीको जन्मपछि २ वर्षको नाबालिका छोडी आमाले दोस्रो विवाह गरिन् । २ वर्षकी नाबालिकालाई घरकी हजुरआमाले हुर्काएको र ८ वर्षपछि घर आएका बुबाले पनि दोस्रो विवाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीमा दिएको बयानअनुसार छोरी ९ वर्षकी हुँदादेखि नै बुबाले छोरीमाथि यौनजन्य क्रियाकलाप गर्न थालेका थिए । घरमा कान्छीआमा, बुबा र हजुरआमा बस्ने गरेको खुलेको छ । पक्राउ परेका बुबालाई म्याद थप गरी अनुसन्धानमा राखिएको र उनलाई हाडनाता तथा जबरजस्ती करणीसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०८-१५ , समय : १३:४६:२२ , २ वर्ष अगाडि

error: Content is protected !!