०७ बैशाख २०८१, शुक्रबार
2024-04-19

कुशवाहा समाजको भवन निर्माण गर्न आर्थिक सहयोगका लागि महानगरको ढोका जहिले र जति खेर पनि खुल्ला रहने : मेयर कोइराला

राजीव कुशवाहा

नेपालीमा पढ्नुहोस

विराटनगर। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले कुशवाहा समाजको भवन निर्वाणमा आर्थिक सहयोग गर्ने बताएको छ।शनिवार विराटनगरमा नेपाल कुशवाहा कल्याण समाज मोरङ द्वारा आयोजित २४ औं कुश जयन्ती समाहरोलाई सम्बोधन गर्दै कोइरालाले आर्थिक सहयोग गर्ने बताएको हो।

कुशे जयन्ती कुशवाहा समाजको कार्यक्रममा पहिलो चोटी सहभागी भएको मेयर कोइरालाले आज सम्म जुन कुशे औँसी बुवाको मुख हेर्ने दिन आफुहरु मनाउदै आएको त्यही राजा कुश अर्थात् भगवान कुशको सन्तान कुशवाहाहरु हुन् भन्ने कुरा आज थाहा पाएको बताए। कुशवाहा समाजको भवन निर्वाण भयो भने धर्म र संस्कृतिको जगिरना हुने कोइरालाले बताए। महानगरले जग्गा उपलब्ध गराउन धेरै प्रक्रियाहरु पुर्याउनु पर्ने भएकोले जग्गा दिन नसके पनि आर्थिक सहयोग गर्ने उनले बताए।

कुशवाहा समाजको भवन निर्माण गर्न आर्थिक सहयोगका लागि महानगरको ढोका जहिले र जति खेर पनि खुल्ला रहने उनले बताए। वेदिक सनातनि हिन्दु धर्म पुरानो धर्म भए ता पनि आफुहरु धर्म जोगाउन सकिराखेको छैनो यसको पहल गर्नु जरुरि रहेको कोइरालाले बताए।आफ्नो धर्म र संस्कृति बचाउन वैज्ञानिक तरिकाले सोचेर जोगाउनु पर्ने उनले बताए।

नेपाल कुशवाहा कल्याण समाजले स्थापना भए देखि विभन्न कार्यक्रम गरि कुश जयन्ती मनाउदै आएको छ। नेपालको तराई क्षेत्रमा बसोबास गर्ने जातजाति मध्ये दोस्रो बढी संख्या भएको जति कुशवाहा हो। कुशवाहा समुदायले विभिन्न थर लेखिएकोले संख्या न्यून देखिएको देखिन्छ। नेपाल कुशवाहा कल्याण समाज मोरङको नाममा महानगरमा १ कठ्ठा र कटहरीमा १ कठ्ठा १० धुर र बेलबारीमा १० धुर गरि ३ कठ्ठा जग्गा रहेको छ। महानगर भित्र भवन बनाउन महानगरले सहयोग गर्ने।

प्रकाशित मिति: २०२२-०८-२८ , समय : १३:४०:४५ , २ वर्ष अगाडि

error: Content is protected !!