१३ बैशाख २०८१, बिहिबार
2024-04-25

बर्जुमा वडा कार्यालयद्वारा विद्यार्थीलाई ब्याग वितरण

Aarya News Desk

नेपालीमा पढ्नुहोस

विराटनगर। बर्जु गाउँ पालिका वडा नम्बर १ द्वारा श्री लक्ष्मी आधरभुत विधालयका विद्यार्थीहरुलाई ब्याग वितरण गरेको छ। सामुदायिक विधालय प्रति विधार्थीलाई आकर्षक बढाउन र विधालय विचमा नै छोडनुलाई रोक्नका लगी विद्यार्थीहरुलाई ब्याग वितरण गरेको हो।

मंगलबार विद्यालयले एक कार्यक्रमको आयोजना गरि बर्जु गाउँ पालिका १ नम्बर वडा कार्यालयको सहयोगमा ब्याग वितरण गरेको थियो।सामुदायिक विधालय प्रति विधार्थीलाई आकर्षक बढाउन र विधालय विचमा नै छोडनुलाई रोक्नका लगी बर्जु गाउँ पालिका १ नम्बर वडा कार्यालयले आर्थिक वर्ष २०७८/०७९ को बजेट बाट विद्यार्थीलाई ब्याग वितरण गरेको हो। श्री लक्ष्मी आधारभुत विधालयका बाल विकास केन्द्र देखि कक्षा ५ सम्म अध्यनरत ११८ जना विधार्थीलाई ब्याग वितरण गरेको थियो।

कार्यक्रमको प्रमुख अथिति बर्जु गाउँपालिका अध्यक्ष जिवछ कुमार रायले यस विधालयको पहिलाको अवस्था र अहिलेको अवस्था धेरै नै फरक भएको बताए । कुनै बेला यस विधालयलाइ मर्ज गर्नु पर्छ भन्ने कुरा आको थियो तर तर नेकपा एमाले सरकार ,नयाँ विधालय व्यवस्थापन समिति र संस्थापकहरुको अनावरनले अहिले विधालय संगै अध्यनरत ११८ जना विधार्थीको मुहार नै फेरिएको उनले बताएको थियो । उनले गाउँपालिकाका शिक्षा क्षेत्रमा सुधार ल्याउन स्थानीय सरकारको साथ र सहयोग रहने जोर दिएका थिए। यश विधालयमा विभिन्न समस्या भए त पनि तत्काल यसपाली पाच लाख रुपैयाँँ छुट्याइएको र घेरावेरा वाल, कम्पाउन्ड भित्र पानी जम्ने र बाटोको समस्यालाई तत्काल मर्मत तर्फको लागि बजेट हल्ने भन्ने प्रतिवधता दिएको जनाएको छ।

त्यसै गरि विशिस्ट अथिती बर्जु गाउँपालिकाका उपाध्यक्ष नितु कुमारी चौधरीले यस विधालयलाई स्थानीय सरकारको पुर्न साथ र सहयोग गर्ने र विधालयलाई यो वाडाको नमुना विधालय बनाउनु पर्छ जोर दिए ।

वाडा अध्यक्ष दिलबहादुर गुरुङले यो त एक सुरुवात हो ।सामुदायिक विधालयमा गुणस्तरीय शिक्षाको लागि आफुले आन्दोलन नै छेडेको बताए। यो विधालयलाई आफ्नो कार्यकालमा यो गाउँ पालिकाको मात्र हैन देशको नमुना को विधालयको रुपमा हेर्न चाहेको बताए ।उनले भने तपाईलाई लाग्दो होला यो एक ब्याग त हो ? शिक्षाको सवालमा कसैको सुन्दिन शिक्षकहरु अगाडि बड्नुस वडा कार्यालय साथमा रहेको प्रतिवधता दिए।

स्थानीय र संस्थापकको तर्फबाट हेम नारायण चौधरीले यो विधालय सम्म आउनको लागि करिब ५०० मिटर बाटो खाराब छ विधार्थीलाई मत्रै हैन स्थानीयलाई पनि सास्ती खेप्नुपरेको बताए ।

२०४५ सालमा एउटा झुपडी,मन्दिरमा समेत अध्ययन अध्यापन गरि दिन रात मेहनत गरेर खटिएका संस्थापक श्री केदार प्रसाद कसजु ,श्री बद्री यादव ,हेमनारायण चौधरी ,किसनलाल चौधरी ,सुन्दरलाल उराँव , गोपाल प्रसाद पौडेल तथा भु.पु. प्र.अ.महेन्द्र प्रसाद कामतलाई दोसाला वोढाएइ र सम्मान पत्र प्रदान गरि प्रमुख अथिति ,विशिष्ठ अथिति र विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन यादवले सम्मान गरेको थियो ।

यस कार्यक्रममा प्रमुख अतिथि बर्जु गाउँपालिका अध्यक्ष श्री जिवछ कुमार राय विशिस्ट अथितीम बर्जु गाउपालिका उपाअध्यक्ष श्रीमती नितु कुमारी चौधरी ,बर्जु -१ वाडा अध्यक्ष श्री दिलबहादुर गुरुङ ,शुक्रबारे प्रहरी चौकि इन्चार्ज श्री तिर्थ बनजारा ,पुर्व वि.व्य.स. अध्यक्ष हेमनारायण चौधरी ,युवा समाज सेवि जयराम चौधरी लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २०२२-०९-०७ , समय : २०:१६:३४ , २ वर्ष अगाडि

error: Content is protected !!