१२ बैशाख २०८१, बुधबार
2024-04-24

आत्मा साथ गर्दै जनतामा समर्पित हुने हिसाबले स्वतन्त्र रुपमा उमेद्वारी दिने

राजीव कुशवाहा

नेपालीमा पढ्नुहोस

विराटनगर। मङ्सिर ४ गते हुन् गइरहेको पतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उमेद्वारी दिनका लागि युवाहरु संगठित हुदै गएका छन्।

राजनीतिक रुपले अगाडी रहेका बिराटनगर महानगर पालिकाले मोरङ क्षेत्र नम्बर ४ ,५ , र ६ लाई आधा प्रतिनिधितव्य गर्न्रे गरेको छ। अहिले मोरङ क्षेत्र नम्बर ४ बाट दामोदर पाण्डे र क्षेत्र नम्बर ५ बाट उमेश यादवले प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उमेद्वारी दिने हुनु भएको छ ।

राजनीतिक दलहरु प्रति जनतामा देखिएको बितृष्णा र दलहरुले देखाएको गति विधि बाट मुलुक र मुलुकबासीको हित हुने छैन भन्ने कुरालाई आत्मा साथ गर्दै जनतामा समर्पित हुने हिसाबले स्वतन्त्र रुपमा उमेद्वारी दिन लागेको मोरङ क्षेत्र नम्बर ४ का प्रस्ताविक उमेद्वार दामोदर पाण्डेले बताए।

यसलाई हामीले अभियानको रुपमा अगाडी बढाउने प्रदेश एक भरी स्वतन्त्र रुपमा उमेद्वारी दिने रणनिति अपनाएको बताए।

प्रकाशित मिति: २०२२-०९-१० , समय : १८:२०:४८ , २ वर्ष अगाडि

error: Content is protected !!