१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

सुनसरीमा कोरोना भाइरसको संक्रमणका कारण एकको मृत्यु;१४ जना संक्रमित

Desk

नेपालीमा पढ्नुहोस

विराटनगर। सुनसरीमा कोरोना भाइरसको संक्रमणका कारण एक पुरुषको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-१२ का ६८ वर्षीय पुरुषको मृत्यु भएको हो।

कोराना भाइरस विरुद्धको दुवै डोज खोप लगाएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा आइतबार निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिएका छन्। संक्रमणबाट सिकिस्त बिरामी परेका पुरुषलाई शनिबार उपचारका लागि भर्ना गरिएको थियो।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ती पुरुष मुटु मिर्गौलासम्बन्धी दीर्घरोगी भएको डा. पोखरेलले बताए। शव व्यवस्थापनको पहल भइरहेको पनि उनले जानकारी दिएका छन्। कोरोना संक्रमितको मृत्यु भएसँगै प्रतिष्ठानको कोभिड अस्पताल खाली भएको छ। सुनसरीमा अहिले कोरोना भाइरसका १४ जना संक्रमित रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

सुनसरीमा कोरोना भाइरसको संक्रमणका कारण पाँच सय ६३ जनाले ज्यान गुमाएको उनले बताएका छन्।

प्रकाशित मिति: २०२२-०९-११ , समय : १५:३३:२७ , २ वर्ष अगाडि

error: Content is protected !!