०६ बैशाख २०८१, बिहिबार
2024-04-18

कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत

Aarya News Desk

नेपालीमा पढ्नुहोस

विराटनगर । विराटनगर १० मा रहेको नेसनल एकेडेमी (RBB) कलेजले ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ। कलेजले विहिबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई स्वागत गरेको हो ।

कार्याक्रममा विद्यार्थीहरुलाई नेसनल एकेडेमी कलेजका प्रधानाध्यापक सकलदेव साह ,सतिता साह र कक्षा १२ का विद्यार्थीले खादा टिका लगाई स्वागत गरेको थियो।

कार्यक्रममा डा.राजनारायण यादवले विद्यार्थी असफल भए पछि भाग्यको दोष दिने गरिन्छ तर विद्यार्थीले मेहेनेत गरे भने भाग्यलाई जित्न सक्छ बताए। त्यसेगारी नेसनल एकेडेमी कलेजका प्रधानाध्यापक सकलदेव साहले यस कलेजबाट शिक्षा हासिल गरेका विद्यार्थी डाक्टर ,इन्जिनियर ,शिक्षक आदि भएका छन् बताए। उनले ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत यस कलेजबाट अध्ययन अध्यापन गरि देश विदेशका विभिन्न ठाउँमा काम गर्न सक्ने योग्य हुने बताए। त्यसेगारी शिक्षक अभिषेक धमालले पढने बेलामा रमाइलो गर्नु ,मस्ती गर्नु मन लग्यो भने गर्नु तर अनुसासनमा बस्नु र फठाहीन गर्नु अनुरोध गरे।

यसैपटक कलेजमा कक्षा ११ मा Science ,Commorce ,Education र Hotel Managment मा २ सय २५ जना भन्दा बढीले विद्यार्थीले भर्ना गरेका छन् कलेजका संयोजक(Co – Ordinator ) श्यामदेव मेहताले जानकारी दिए । कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम अन्तर्गत नृत्य, गायन, स्पिच लगायतका प्रस्तुतीहरु प्रदान गरेका थिए । त्यसेगारी कलेजले आयोजना गरिएको हजरिजवाफ र व्यतितव्यकला प्रतियोगिताका प्रथम ,दितिय ,तिर्तियालाई पुरुस्कार वितरण गरेको थियो।

प्रकाशित मिति: २०२२-०९-१५ , समय : २०:३१:१३ , २ वर्ष अगाडि

error: Content is protected !!