१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

ताइवानको दक्षिणपूर्वी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गए

Aarya News Desk

नेपालीमा पढ्नुहोस

ताइवान। ताइवानको दक्षिणपूर्वी क्षेत्रमा आइतबार ६.८ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पपश्चात् त्यहाँ सुनामीको चेतावनी पनि जारी गरिएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणको मापनले भने सो भूकम्प ७.२ म्याग्निच्युड भएको जनाएको छ। भूकम्पको केन्द्रविन्दु पृथ्वीबाट १० किलोमिटर तल भएको बताइएको छ।

ताइवानी मिडियाले एक भवन भत्किएको जनाएको छ। पूर्वी तटमा रेल पटरीबाट खसेको बताइएको छ। सो घटनामा हताहत हुनेको पूर्ण विवरण भने खुलाइएको छैन।

यस भूकम्पपछि संयुक्त राज्यको सुनामी चेतावनी केन्द्रले ताइवानमा सुनामी आउने चेतावनी जारी गरेको छ। उक्त चेतावनीमा भूकम्पको केन्द्रविन्दुबाट ३०० किलोमिटरको दायराभित्र ताइवान सागरको तट नजिकै खतरनाक सुनामी छाल आउन सक्ने बताइएको छ।

जापानको मौसम विभागले पनि सुनामीको छाल १ मिटर अग्लो हुने चेतावनी दिएको छ। बीबीसी

प्रकाशित मिति: २०२२-०९-१८ , समय : १४:०९:१३ , २ वर्ष अगाडि

error: Content is protected !!