०८ बैशाख २०८१, शनिबार
2024-04-20

पानीमा डुबेर झापामा एक बालकको मृत्यु

Desk

नेपालीमा पढ्नुहोस

झापा। पानीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका- ३ निवासी देवान टुडुका १४ वर्षीय छोरा विजय टुडु रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार कामाटोली बजारबाट आइतबार बिहानदेखि हराएका बालक विजय सोमबार बिहान ७ : ४० बजे झापा- ३ स्थित गैरीगाउँ झाटी खाडीमा डुबेको अवस्थामा मृत फेला परेको हो । मृतक बालक विजय बोल्न नसक्ने र सुस्तमनस्थितीका थिए ।

प्रहरीले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाएको छ ।-

प्रकाशित मिति: २०२२-०९-१९ , समय : १३:४८:०२ , २ वर्ष अगाडि

error: Content is protected !!