०८ बैशाख २०८१, शनिबार
2024-04-20

मनसुनी गतिविधि सक्रिय;अझै केही दिन वर्षा हुने

Desk

नेपालीमा पढ्नुहोस

विराटनगर। मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले केही दिन वर्षा हुने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज प्रदेश नं १ र मधेश प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ

आज दिउँसो देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र मधेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ।

यस्तै आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ को थोरै स्थानमा र बाँकी प्रदेशका दुई दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षाले नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्नसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: २०२२-०९-१९ , समय : १४:०२:५० , २ वर्ष अगाडि

error: Content is protected !!