
विराटनगर १८ वैशाख। काठमाडौंमा बलात्कार आरोपमा एक म्यादी प्रहरीलाई पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर – ८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत १८ वर्षीय हिमाल विष्ट बलात्कार आरोपमा पक्राउ परेका हुन् ।
कैलाली घर भई काठमाडौं–१६ रानीबारीमा भाडामा बस्ने करिब १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पीडित किशोरीले महानगरीय प्रहरी वृत्त लैनचौरमा उजुरी दिएकी थिइन् ।
प्रकाशित मिति: २०२२-०५-०१ , समय : ११:०८:१३ , १ वर्ष अगाडि