०८ बैशाख २०८१, शनिबार
2024-04-20

समाजमा विकृति फैलाउने किसिमको कार्यक्रम र क्रियाकलापमा रोक लगाउन ज्ञापन पत्र

राजीव कुशवाहा

समाजमा विकृति फैलाउने किसिमको कार्यक्रम र क्रियाकलापमा रोक लगाउन ज्ञापन पत्र

विराटनगर। देवानगंज गाउँपालिकाका विभिन्न संघ संस्थाले पालिका अध्यक्ष बेचन मेहतालाई ज्ञापन पत्र बुझाएको छ। हिन्दु धर्मवाम्बीहरुको महान चार्डपर्वमा समाजमा विकृति फैलाउने किसिमको कार्यक्रम र क्रियाकलापमा रोक लगाउन पालिका अध्यक्ष मेहतालाई ज्ञापन पत्र बुझाएको हो।

हिन्दु धर्मवाम्बीहरुको महान चार्डपर्व विजय दशमी ,तिहार र छठ पर्वको अवसरमा आ – आफ्नो संस्कार ,संस्कृति ,परम्परा ,रितिरिवाज र पहिचानलाई सखाप पर्ने गरि संस्कृतिक कार्यकर्मको नाममा आरकेस्ट्रा ,अश्रिलिलता प्रदर्शन गर्ने गरिन्छ । यस्ता कार्यक्रम र क्रियाकलापले समाजलाई कु -संस्कार तिर धकिलिरहेको अङ्कुर सामाजिक संस्थाका अध्यक्ष सन्त कुमार मेहताले बताउनुभयो।

मेहताका अनुसार आरकेस्ट्रा ,अश्रिलिलता प्रदर्शन मात्र नभई शिक्षित ,सभ्य र अपराध मुक्त बनाउन विद्यालय वरिपरि नसालु पदार्थ बिक्रीवितरणका कारण स – साना बालबालिका देखि ठुलावाडा कुलतमा फसेको छ । भावीको पुस्ता र अहिलेको बालबालिकालाई कु -संस्कार र कुलत बाटोबाट रोक्न आरकेस्ट्रा ,अश्रिलिलता प्रदर्शन र विद्यालय वरिपरि ५०० मिटर बिक्रीवितरणमा पूर्ण रुपमा रोक लगाउन ज्ञापन पत्र बुझएको उहाँले बताउनुभयो।

त्यस्ता कार्यहरु निन्दनीय कार्य भनेकोले पालिका आवश्यक कदम चाली पूर्ण रुपमा रोक लगाई सभ्य संस्कार सहित समाज निर्माण गर्न विश्व हिन्दु परिसद नेपाल देवानगंज , हिन्दु स्वयंसेवक संघ नेपाल देवानगंज , अङ्कुर सामाजिक संस्था देवानगंज ,दर्शन एफ एम देवानगंज , सरस्वती बालक्लब र बाल संजाल देवानगंज वडा नम्बर ३ र ६ ले संयुक्त ज्ञापन पत्र बुझाएका छन।

प्रकाशित मिति: २०२२-०९-२५ , समय : १२:५२:३७ , २ वर्ष अगाडि

error: Content is protected !!