०७ बैशाख २०८१, शुक्रबार
2024-04-19

लागुऔषध गाँजा सहित २ जना पक्राउ

Aarya News Desk

विराटनगर। धनकुटा नगरपालिका-९ चिम्सुवाबाट नियन्त्रीत लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सुचनाको आधारमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले बुधवार बिहान साँढे १० बजे शहिदभुमी गाउँपालिका-३ की ४९ बर्षीया बिष्णु कुमारी राई र ४३ बर्षीय उद्धिम भनिने उमेश राईलाई ५/५ केजी लागुऔषध गाँजा सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रकाशित मिति: २०२२-१०-१२ , समय : १६:०८:२८ , २ वर्ष अगाडि

error: Content is protected !!