१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

देउवाको क्षेत्रमा एमालेका प्रतिनिधिसभाका उमेदवार चक्र स्नेहीसहित पाँच जनाले आफ्नो उमेदवारी फिर्ता लिए

Aarya News Desk

डडेल्धुरा। डडेल्धुरामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। एमालेका प्रतिनिधिसभाका उमेदवार चक्र स्नेहीसहित पाँच जनाले आफ्नो उमेदवारी फिर्ता लिएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गरेका तीन र प्रदेशसभा तर्फ उम्मेदवारी दिएका दुई जना गरी पाँच जनाले उम्मेदवारी फिर्ता गरेका छन्। प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार चक्रप्रशाद स्नेही, स्वतन्त्र दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालिप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।

त्यस्तै प्रदेशसभा क मा कांग्रेस बीपीका गणेश जोशी र प्रदेशसभा ख मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जयराज अवस्थीले उम्मेदवारी फिर्ता लिएका छन्।

प्रकाशित मिति: २०२२-१०-१२ , समय : १६:२४:५२ , २ वर्ष अगाडि

error: Content is protected !!