मोरङ ६ का मतदाताले डा.कोइरालालाई भावी प्रधानमन्त्रीको रुपमा लिएको र मन्त्री भएकालाई बिदा गर्ने

राजीव कुशवाहा

मोरङ ६ का मतदाताले डा.कोइरालालाई भावीको प्रधानमन्त्रीको रुपमा लिएको र मन्त्री भएकालाई बिदा गर्ने

विराटनगर। राजनीतिक रुपमा अगाडि रहेको विराटनगर मोरङको क्षेत्र नम्बर ४,५ र ६ लाई छुने गरेको छ।

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ लाई सबैले चासोको रुपमा लिएका छन। यस क्षेत्रमा नेकपा एमालेको तर्फ बाट मन्त्री समेत बनिसक्नु भएका लालबाबु पण्डित र गठबन्धनको तर्फ बाट नेपाली काँग्रेसका डा . शेखर कोइराला चुनावी प्रतिस्प्रधा देख्नुभएको । लालबाबु पण्डित आफ्नो कार्यकालमा आफूले गरेको कामको चर्चा आफूले र आफ्ना कार्यकर्ताद्वारा सार्वजनिक गरि रहनु भएको छ।

यस प्रति उहाँ कै कार्यकर्ताहरू विश्वस्त हुन् सकिरहेका छैन। अहिले गठबन्धन तर्फ बाट उम्मेदवार हुनु भएका डा . शेखर कोइरालालाई यस क्षेत्रका मतदाताहरूले भावी प्रधानमन्त्रीको रूपमा लियको हुँदा दल विशेष तीर ध्यान नदिकन कोइरालालाई विजय गराउनुपर्छ भन्ने तर्फ लागि पारेका छन्।

अहिले सम्मको अवस्था हेर्दा प्रतिनिधि सभा तर्फ कोइलाको जित सुनिश्चित देखिन्। प्रदेश ६ “ख” तर्फ गठबन्धनको तर्फ बाट नेपाली काँग्रेसका नेता एवं मन्त्री केदार कार्की र नेकपा एमालेको तर्फ बाट युवा संघका नेता परशुराम बस्नेत चुनावी प्रतिस्पर्धा उतिर्नुभाएको छ ।

यही क्षेत्र ४ “ख” बाट नेपाली काँग्रेस प्रदेश नम्बर एकका नेता एवं विराटनगर महानगर पालिकाका कार्यकारी अधिकृत समेत रहनुभएका गोपाल रेग्मी स्वतन्त्र रूपमा उठ्नुभएको । गोपाल रेग्मीले नेपाली काँग्रेस कै मत ल्याउनु हुने भएको हुँदा केदार कार्की अवस्था सन्तोषजनक छ भन्न सकिँदैन।

केदार कार्की ले आफ्नो सांसद कोषबाट खर्च हुने गरि भनिएको उहाँको क्षेत्रमा रहेको सेल्फी पुल र विराटनगर १२ मा बनाएको सम्पन्न बस्ति निर्माणमा ठुलो आर्थिक चलखेल कार्की बाट भएको कुरालाई त्यस क्षेत्रका मतदाताले अहिलेसम्म बिर्सिन सकेका छैन।

उता एमाले तर्फ बाट उम्मेदवार हुनुभएका परशुराम बस्नेत विगत लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहनुभएको र अहिले पनि उहाँ को सक्रियत कायमै रहेको । मन्त्री भइसकेका लाई बिदा दिने एउटा समूह सक्रिय भइरहेको हुँदा मन्त्री भइसकेका लालबाबु पण्डित र बहालवाला मन्त्री केदार कार्कीलाई जित्नै त्यत्ति सहज देखिँदैन।

अहिलेसम्मको अवस्था हेर्दा प्रतिनिधि सभा तर्फ डा . कोइला र प्रदेश ६ “ख” तर्फ परशुराम बस्नेतको जित सुनिश्चित देखिन्छ ।

प्रकाशित मिति: २०२२-१०-३१ , समय : १४:३९:४४ , ३ महिना अगाडि