१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

पेट्रोल पम्पमा आगलगी हुँदा विराटनगरका एक युवाको मृत्यु

Aarya News Desk

विराटनगर । मोरङको एक पेट्रोल पम्पमा आगलगी हुँदा विराटनगरका युवाको मृत्यु भएको छ । बुढीगंगा वडा नम्बर ४ स्थित नितेश पेट्रोल पम्पमा लक्ष्मि पुजाको दिन आगलागी हुँदा घाइते भएका विराटनगर वडा नम्बर ४ का ३४ वर्षीय गान्धी मण्डलको मृत्यु भएको हो ।

आगलागीमा गम्भिर घाइते भएका मण्डलको काठमाण्डौं स्थित किर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । सो पेट्रोल पम्पमा लक्ष्मी पूजाको दिन विद्युत सर्ट भएर आगोलगी भएको थियो । पेट्रोल पम्पमा आगोलगी हुँदा मण्डलसहित बुढीगं वडा नम्बर ३ का ५५ वर्षीय अशोक चौधरी पनि घाइते भएका थिए । उनीहरूको उपचार विराटनगर स्थित ग्रिनक्रस हस्पिटलमा भइरहेको थियो ।

मण्डलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारको लागि काठमाण्डौं लगिएको थियो । घाइते चौधरी उपचारपछि घर फर्किएका छन् । उनीहरू दुवै जना पेट्रोल पम्पका कर्मचारी रहेको जनाइएको छ ।

 

प्रकाशित मिति: २०२२-११-०१ , समय : ११:४४:४० , १ वर्ष अगाडि

error: Content is protected !!