०७ बैशाख २०८१, शुक्रबार
2024-04-19

कोइरालालाई भावी मुख्यमन्त्रीको रुपमा लिएकोले जित सुनश्चित देखिए पनि कार्यकता खुलेर अगाडी नआउदा गठबन्धनलाई चुनौती

राजीव कुशवाहा

विराटनगर। मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा को निर्वाचनमा आफ्नो पक्षको उमेदवारलाई बिजय गराउनको लागि राजनितिक दलहरु लागी परेका छन।

अहिले सुनसरी जिल्लाको निर्वाचन क्षेत्र २ तर्फ सबैको ध्यान केन्द्रित हुन थालेको छ। यस क्षेत्रमा सता गठबन्धनको तर्फ बाट प्रतिनिधि सभा उमेदवारमा सिताराम मेहता प्रदेश सभा २ “क” तर्फ द्वारिक लाल चौधरी र “ख” तर्फ राजिव कोइरालालाई उमेदवार उठाएको छ। नेकपा एमालेको तर्फ बाट प्रतिनिधि सभामा भिम आचार्य र प्रदेश सभा २ “क ” तर्फ रेवती रवन भण्डारी र “ख ” मा रामप्रसाद मेहतालाई उठाएको छ । राजा सहितको प्रजातन्त्र को ओकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा तर्फ दिनेश कुमार बस्नेत प्रदेश २ “क” मोहन बहादुर खत्री र “ख” सदानन्द साहलाई उठाएको छ।

अहिले यिनीहरु आन्तरिक रुपमा घर घर गएर आफ्नो पक्षमा जनमत तयारी गर्ने काम गरि रहे पनि यिनीहरुका कार्यकर्ताहरु खुलेर अगाडी आउन साकिरहेका छैन । २०७४ सालमा नेपाली कांग्रेसका सिताराम मेहताले विजय हासिल गरेको र पुन: फेरी मेहतालाई टिकट दिएको कारणले गर्दा आम स्थानिया बसिन्दाहरु सन्तुस्ट हुन सकेका छैन । मेहता गरिबको नेता र जनता संग राम्रो सम्बन्ध र घुलमेल भए पनि युवालाई टिकट नदिएकोले आम स्थानीय र कार्यकर्ता खुलेर आगाडी आउन सकिराखेको छैन।

अहिले मेहता आफुले विभिन्न क्षेत्रमा लगाएको लगानी ,गरेको आर्थिक सहयोग र कामलाई लिएर जनताको घर घरमा पुगी रहेको छ। स्थानीय र कार्यकर्ता खुलेर अगाडी न आउदा परिणाम पक्षमा आउन सकिने अवस्था सिर्जना हुन् सकेको छैन।

यता नेकपा एमालेका भिम आचार्य मन्त्री,मुख्यमन्त्री समेत भईसक्नु भएको तर हरेक निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र बदलिनु पर्ने आवस्थालाई यस क्षेत्रका आम नागरिकको मनमा प्रश्न उठिरहेको छ। त्यसगरी स्वतन्त्र उमेदवार सुरेश कुमार मेहता पनि आफ्नो पक्षमा जित हासिल गर्न निकै मेहनत गरिरहेको छ। यसलाई हेर्दा आचार्यको जित सुनश्चित भन्न सकिदैन। अहिले सम्मको अवस्था हेर्दा परिणाम कसको पक्षमा जाने भन्न सकिदैन ।

यस क्षेत्रमा अन्य राजनेतिक दल र स्वतन्त्र गरी आधा दर्जन भन्दा बढी उमेदवरी दिएका छन्। उनिहरुले सता गठबन्धन र नेकपा एमालेको मत काट्ने भएको कारणले गर्दा थोरै मतान्तरले हारजित हुने देखिन्छ ।

प्रदेश तर्फ २ “ख” तर्फ सबैको ध्यान केन्द्रित हुदै गएको छ। यस तर्फ गठबन्धनको तर्फबाट निवर्तमान प्रदेश सभा सदस्य राजिव कोइराला र नेकपा एमालेको तर्फा बाट १५ वर्ष भन्दा बढी रेडक्रस सुनसरी र सुनसरी मोरङ सिचाई समितिका अध्यक्ष रामप्रसाद मेहता चुनावी प्रस्तिपर्दामा उठिरहनु भएको छ । निजहरु घर देइलो कार्यक्रममा व्यस्त रहनु भएको र २ “ख” मा राजिव कोइराला र रामप्रसाद मेहता बिच कडा प्रस्तिपर्दा हुने छ । यस क्षेत्रका मतदाताले कोइरालालाई भावी मुख्यमन्त्रीको रुपमा लिएको छ। अहिलेसम्मको अवस्था हेर्दा कोइरालाको जित सुनश्चित देखिएको छ।

सता गाठबन्धनको तर्फ बाट उमेदवार भएकालाई हराउनको लागी नेपाली कांग्रेस निकटको एउटा गुट लगिरहेको हुदा यो क्षेत्र गठबन्धनको लागि चनौती पूर्ण मानिन्छ । यो क्षेत्र नेपाली कांग्रेसको गड भए ता पनि स्थानीय तह चुनावलाई लिएर कहीं नेताहरु खुलेर न आएको कारणले गर्दा परिनाम कसको पक्षमा जान्छ भनेर भन्न सकिने आवस्था छैन।

प्रकाशित मिति: २०२२-११-०१ , समय : २१:३८:२१ , १ वर्ष अगाडि

error: Content is protected !!