०७ बैशाख २०८१, शुक्रबार
2024-04-19

जय नेपालको शब्दले बाम गठबन्धन बिचको रहेको द्वन्द अन्त्य

राजीव कुशवाहा

विराटनगर। लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन समिति मोरङ ४ ले गठबन्धनका उमेदवारलाई जिताउन घरदैलो कार्यक्रम गरि मतदाता समक्ष्य पुर्‍याउन कार्यको शुभारम्भ गरेको छ। विराटनगर महानगर पालिका वडा नम्बर ३ सङ्गम चोक नेरी प्रतिनिधि सभाका उम्मेदवार अमन लाल मोदी र मोरङ ४ “ख” प्रदेश सभा तर्फ उमेदवार भीम पराजुलीलाई उपस्थिति गराई कोण सभाको आयोजना गर्दै सो कार्यक्रमको शुभारम्भ गरेको हो।

उक्त कोण सभालाई सम्बोधन गर्दै मोरङ ४ प्रतिनिधि सभा उम्मेदवार अमनलाल मोदीले जय नेपाल शब्दको उचारण गर्दै हामी लोकतान्त्रिक बाम गठबन्धनमा कुनै समस्या छैन हामी एक भईसकेका छौ भन्नुभयो । हाम्रो अगाडि चुनौती र समस्या दुईटै छन् त्यसको समधान गर्न “हामी सक्षम छौँ भन्नुहुँदै आफ्नो दायित्व “भनेको प्रदेश ४ “क” र “ख” मा उठाइएका उमेदवारलाई विजय गराउनु आफ्नो प्रमुख दायित्व रहेको मोदीले बताउनुभयो।

लोकतान्त्रिक बाम गठबन्धनका तर्फ बाट 4 “ख” मा प्रदेश सभा सदस्य तर्फ उम्मेदवार बन्नुभएका भीम पराजुलीले देश अहिले गम्भीर मोडमा छ यो निर्वाचन नेपाली काँग्रेसका लागि जीवन मरणको सवाल बनेको छ भन्नुभयो । के पी ओलीको नेतृत्वमा बनेको सरकारले विगठन गरेको सरकारलाई सर्वोच्च अदालतले परामादेश द्वारा ओली सरकारको निर्णयलाई खारिज नगरेको भए देश सर्वासताबाद हाबी हुने थियो भन्नुभयो ।

‘लोकतान्त्रिक बाम गठबन्धनका तर्फ बाट उमेदवार भएका हामी पात्र मात्र हौ; ” हामी ले जितेमा पार्टी जित्नै र हामीले हारेमा पार्टीले हार्नै “भएको कारणले गर्दा इमान्दरिकता पुर्वक पार्टीको नेतृत्व वर्गहरू लागि परि पर्नुपर्छ भन्नुभयो ।’

अहिले राजा बादी र गणतन्त्र बादी बीच चुनावी तालमेल भइरहेको छ। लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरू पराजित भएमा देशमा विकृति र विसङ्गति जरो गाडीनै र व्यवस्था नै तहसनहस हुनसक्छ पराजुलीले भन्नुभयो।

प्रकाशित मिति: २०२२-११-०४ , समय : २०:१६:१२ , १ वर्ष अगाडि

error: Content is protected !!