१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

आचारसंहिता विपरीत काम गर्नेलाई आर्थिक जरिवाना

Aarya News Desk

विराटनगर । निर्वाचन आयोगले आचारसंहिता विपरीत काम गर्नेलाई आर्थिक जरिवानासहितको कारबाही थालेको छ।

जस अन्तर्गत आयोगले काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँ जिल्ला क्षेत्र नं. ६ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टी भएपछि आयोगले जरिवानासहितको कारबाही गर्ने निर्णय गरेको हो ।

रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो ।

रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क)को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुनेगरी निर्वाचन आचारसंहिता, २०७९को उल्लंघन गरेको कार्य पुष्टी भएकोले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको छ ।

प्रकाशित मिति: २०२२-११-०५ , समय : २१:०९:४४ , १ वर्ष अगाडि

error: Content is protected !!