०१ जेठ २०८१, मंगलबार
2024-05-14

लोक सेवा आयोग प्रदेश एकले विभिन्न पदहरूमा दरखास्त आह्वान गरे

आर्य न्युज

विराटनगर १९ वैशाख। प्रदेश नम्बर १ लोक सेवा आयोगले सरकारी सेवाका विभिन्न प्राविधिक तथा अप्राविधिक तर्फका पदहरूमा दरखास्त आह्वान गरेको छ। प्रदेशका लागि प्रशासनतर्फ अधिकृतमा ३७ जना , इन्जिनियरमा ९ जनाको को माग गरेको हो ।

कृषितर्फ सहायक कृषि प्रसार अधिकृतमा ११ जना माग भएको छ भने सहायक बाली विकास अधिकृतमा दुई जना माग भएको छ। बाली संरक्षण र बागबानीमा १ जना जना अधिकृत माग भएको छ।

यस्तै भेटेरेनरीतर्फ सहायक पशु चिकित्सकमा ५ जना र शिक्षातर्फ अधिकृतमा ८ जना माग भएको छ। लिखित परीक्षा प्रशासनतर्फ अधिकृतका लागि साउन ७ गते अपरानह ३ बजे हुनेछ भने इन्जिनियरका लागि साउन १३ गते अपरान्ह ३ बजे परीक्षा हुनेछ। परीक्षा केन्द्र विराटनगरमा हुने सेवा आयोगले जनाएको छ । जेठ २ गतेसम्म इच्छुकले दरखास्त दिन सुचनामा उल्लेख गरीएको छ ।

प्रकाशित मिति: २०२२-०५-०२ , समय : १२:३६:५८ , २ वर्ष अगाडि

error: Content is protected !!