१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

कुशवाहा बचत तथा ऋण सहकारी संस्थाको सम्पर्क कार्यालय समुदघाटन

सुरेन्द्र कुशवाहा

इनरुवा । सुनसरी इनरुवा नगरपालिकामा कुशवाहा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्पर्क कार्यालय समुदघाटन सम्पन्न भएको छ । इनरुवा नगरपालिका ४ स्थिति रहेकोे रामजानकी मन्दिर छेउमा शनिबार कार्यालयको समुदघाटन भएको हो।

समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि कुशवाहा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका केन्द्रिय उपाध्यक्ष परमानन्द मेहता र
विशिष्ट अतिथि जिल्ला कुशवा अध्यक्ष श्री लाल मेहताले कार्यालयको समुद्घाटन गर्नु भएको छ ।

उद्घाटन कार्यक्रमको स्वागत मन्तव्य प्रकाश अनुराले एक कुशवाहा घर एक शेयर अनिवार्य मूल लक्ष्य लिएर अगाडि बढीरहेको साथै यस लक्ष्यमा सम्पुर्ण कुश्वाहा समाज ,कुशवाहा बन्धु मिलेर लक्ष्य प्रगतिको बाटोमा सहयोग गर्न हुन अनुरोध गर्नु भएको थियो ।

सुनसरी जिल्लाको हकमा १७० जना सहकारी संस्था लिमिटेडको शेयर सदस्य रहेको छ । भने २० लाख भन्दा बढी संस्थाको शेयर पुन्जी रहेको सहकारी अध्यक्ष अर्जुन मेहताले बताउनु भएको छ । सहकारी अध्यक्ष मेहताका अनुसार सहकारी संस्था मार्फत कुशवाहा समुदायको कम्जोर आर्थिक अवस्था भएकोहरु लाई स्तर उन्नतिका लागि सहकारी एन अनुसार सहुलियत दरमा ऋण उपलब्ध गराउने बताएका हुन ।

सहकारीको माध्यम बाट कुशवाहा समाजलाई आर्थिक उन्नतिको बाटोमा अग्रसरताको लागि कार्य गर्ने र सहकारीको माध्यमबाट कुशवाहा समाजलाई एकीकृत गरि आर्थिक उन्नतिको बाटोमा सहयोग गर्ने लक्ष्यले कुशवाहा बचत ऋण सहकारी संस्था लिमिटेडको स्थापन भएका छ ।

कार्यक्रमा डा.सुर्य नारायण मेहता , भोक्राहा नरसिंह पुर्व उपाध्यक्ष पुनम मेहता , सप्तरी जिल्ला अदालत न्याय प्रशासन अधिकृत अरुण कुमार मेहता ,कोशी गाउँपालिका समाजिक विकास शाखा प्रमुख राजकिशोर मेहता, सहकारी सचिव प्रदीप मेहता , सहकारी सदस्यहरु अरुण मेहता , सीता सिंह , रेखा मेहता, सभ्यता मेहता , अमेरिका मेहता , उमेश मेहता लगायत कुशवाहा गाउँ समाजका बुद्धिजिवि व्याक्तिहरुको उपस्थितिमा कार्यालयको समुद्घाटन भएको थियो । कार्यक्रमको उदघोष जिल्ला कमिटी सदस्य परमानन्द मेहताले गर्नु भएको थियो । भने कुशवाहा बचत ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष अर्जुन मेहताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

प्रकाशित मिति: २०२२-११-०५ , समय : २१:३१:५० , १ वर्ष अगाडि

error: Content is protected !!