१५ बैशाख २०८१, शनिबार
2024-04-27

मोरङमा राप्रपाको कन्तविजोक

Aarya News Desk

विराटनगर। राजा सहित को प्रजातन्त्र को नारा बोकेर अगाडी बढिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी क उमेद्वार लाई मोरङ मा पार्टीको तर्फ बाट कुनै प्रकारको सहयोग प्राप्त हुन सकेको छैन।

राप्रपा मोरङ को बैठक ले जिल्ला निर्वाचन समिति प्रचार प्रसार समिति गठन गरेर आफ्नो उत्तरदयितव्य पुरा गरेको देखाउने बाहेक अन्य काम हुन् सकेको छैन। राप्रपा मोरङ मा विभिन्न पार्टी परित्याग गरि अन्दाजी ५ हजार भन्दा बढीले पार्टी प्रवेश गरेका थिए तर प्रवेश गरेका लाई निर्वाचन मा परिचालन गर्ने तर्फ राप्रपा मोरङ ले खासै काम गरेको पाइदैन। राप्रपा मोरङ मा प्रतिनिधिधि सभा र प्रदेश सभा तर्फ जो जो उम्मेदवार हुनु भएको छ ।

वहाँ हरुले आफ्नो किसिमले प्रचार प्रसार गरेर मोरङ मा राप्रपा पनि एउटा शक्ति हो भनेर देखाउने काम भएको छ। राप्रपाका महामन्त्री प्रह्लाद प्रसाद साहले मोरङ मा जिल्ला निर्वाचन परिचालन समिति गठन छ ,छैन आफुलाई थाहा नभएको राप्रपा मोरङ का अध्यक्ष लाईथाहा छ भनेर हलुका जवाफ दिने बाहेक अरु काम वहाँबाट हुन सकेको छैन । केन्द्रमा केन्द्रिय निर्वाचन समिति गठन छ सो आफलाई थाहाछ भन्नुहुँदै जिल्लामा जिल्ला निर्वाचन परिचालन समिति हुनु पर्ने हो, भएमा त्यसलाई साधन स्रोत उपलब्ध गराएर परिचालन गर्नु पर्ने हो साहको भनाई रहेको छ ।

राप्रपा मोरङका अध्यक्ष माधव प्रसाद आचार्यलाई यस विषयमा सोध्दा आफ्नो जिल्ला संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेका छौ, उक्त समितिमा केन्द्रिय नेता प्रसाद साहदेखि अन्य नेता, क्षेत्रीय पदाधिकारी, नगर पदाधिकारी, वडा पदाधिकारी रहेको बताउनु भयो । आफूले मोरङ ४ ‘ख’ मा प्रदेश सभामा उम्मेदवारी दिएको हुँदा निर्वाचन परिचालन समितिको उपसंयोजकमा विनय श्रेष्ठलाई राखेर गठन गरिएको र प्रचार समिति, अनुगमन समिति, आर्थिक समिति समेत गठन गरेको बताउनु भयो ।

राप्रपा मोरङको बैठकमा केन्द्रिय तहका नेता उपस्थित हुने, बैठकलाई हायर गर्ने तर आफूलाई थाहा छैन भनेर पन्छिने गरेको आरोप राप्रपा मोरङका कार्यकर्ताले लगाएका छन । राप्रपा मोरङले गठन गरेको परिचालन समितिले काम गर्न नसक्दा उम्मेदवारलाई आफ्नो क्षेत्रमा कहाँ कमी कमजोरी छ थाहा हुन सकेको छैन । यही अवस्था कायम रहेमा राप्रपाले मोरङमा समानुपातिक तर्फ सन्तोषजनक मत ल्याउने देखिदैन ।

प्रकाशित मिति: २०२२-११-११ , समय : १९:०१:५५ , १ वर्ष अगाडि

error: Content is protected !!