१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरे

Aarya News Desk

विराटनगर। झापाको भद्रपुर नगरपालिका-५ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो राती ८ बजे अस्थायी प्रहरी पोष्ट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका मेचीनगर नगरपालिका-१३ झापाका २३ बर्षीय सन्दीप गौतम र ईसान श्रेष्ठलाई ३ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मिति: २०२२-११-११ , समय : २०:००:१९ , १ वर्ष अगाडि

error: Content is protected !!