०८ बैशाख २०८१, शनिबार
2024-04-20

दार्चुलामा सत्ता गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते

Aarya News Desk

दार्चुला। दार्चुलामा सत्ता गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन्।

नौगाड गाउँपालिका-६ खेडमा प्रचारप्रसारमा खटिएका सत्ता गठबन्धन दलका र नौगाडको जामिरमा आमसभा गरिरहेको एमालेका कायर्कर्ताबीच झडप भएको हो।

झडपमा परी नौगाड ६ का गठबन्धनका कार्यकर्ता ३५ वर्षीय जयभानसिंह धामी र नौगाड ५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएका छन्।

घाइते ठगुन्नालाई सामान्य चोट लागेको र धामीलाई धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रकाशित मिति: २०२२-११-१३ , समय : १९:१५:३८ , १ वर्ष अगाडि

error: Content is protected !!