१२ बैशाख २०८१, बुधबार
2024-04-24

गरीब परिवारबाट राजनीतिमा आएको हुँ, झुठको खेती गर्न कहिल्यै आएन : सीताराम मेहता

राजीव कुशवाहा

विराटनगर। नेपाली कांग्रेसबाट सुनसरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सीताराम मेहताले आँफू किसान परिवारबाट राजनीतिमा उदाएको मान्छे भएकाले झुठको खेती गर्न नआउने बताएका छन् । बिहीबार चुनावी प्रचारप्रसारपछि इटहरीमा आयोजित सभालाई सम्बोधन गर्दै नेता मेहताले आँफू गरीब, किसान परिवारबाट राजनीतिमा उदाएकाले झुठको खेती गर्न नआएको बताएका हुन् ।

‘मलाई गरीबका नेता पनि भन्छन्, म किसान परिवारबाट राजनीतिमा उदाएको मान्छे हुँ,’ उनले भने, ‘मलाई जनताका नेता भन्ने गरिन्छ, म धर्तीबाट उठेको, किसानको परिवारबाट उठेको मान्छे हुँ, झुठको खेती गर्न कहिल्यै आएन ।’ उनले आँफू सिद्वान्तभन्दा बाहिर कहिल्यै नगएको र राजनीतिमा अडिग रहेकाले इमानदारी नेताको रूपमा छवि बनाएको बताए ।

‘म इमानदारी र विकासप्रेमी भएकै कारण पार्टीले फेरिपनि टिकट दिएको छ,’ उनले भने, ‘क्षेत्र नं. २ मा मैले थुप्रै काम गरेको छु, बाँकी रहेका काम र कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी क्षेत्रमा काम गर्नका लागि मेरो उम्मेदवारी हो ।’
जनतामाझ सरल, इमानदार र स्वच्छ छवि बनाएका मेहताले आफूले सहज रूपमै चुनाव जित्ने बताए । ‘गठबन्धनका साथीहरूलाई कांग्रेसले इमानदारपूर्वक मत हाल्छ, कांग्रेसलाई पनि गठबन्धनको मत आउँछ, चुनाव जित्नेमा दुईमत छैन’ उनले भने ।

प्रकाशित मिति: २०२२-११-१७ , समय : २१:१७:१७ , १ वर्ष अगाडि

error: Content is protected !!